+
+
Shares

सिन्धुलीबाट स्रोत नखुलेको १५ लाखसहित चार जना पक्राउ

सिन्धुलीबाट स्रोत नखुलेको १५ लाख रुपैयाँसहित चार जना पक्राउ परेका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १८:४४

२५ कात्तिक, काभ्रेपलाञ्चोक । सिन्धुलीबाट स्रोत नखुलेको १५ लाख रुपैयाँसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३२ वर्षीय चिनियाँ नागरिक सियोङ च्याङगे, गाडीका चालक काठमाडौं महानगरपालिका–३१ का २५ वर्षीय आदिल हमिद,  सोहीठाँउ बस्ने २१ वर्षीय आमी अमिद, रौतहट गुजरा नगरपालिका–२ का ७३ वर्षीय चन्द्रमान योञ्जन रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

मंगलबार दिउँसो २:१० बजेको समयमा मदन भण्डारी राजमार्ग हुँदै काठमाडौँतर्फ गइरहेको बा.प्र.०१–०३१ च ५८०४ नम्बरको कारलाई सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ झनझने चेकपोस्टमा नियमित जाँच गर्दा गाडीको पछाडिको टायरभित्र लुकाएको अवस्थामा उक्त नगद फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले रकमको स्रोतबारे सोधपुछ सुरु गरेको र बैंकिङ हिसाबकिताब तथा अन्य कागजातहरूको विवरण माग गरेको जनाएको छ । थप विवरण अनुसन्धानपछि आउने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?