२७ कात्तिक, काठमाडौं । २४ भदौको विध्वंसमा संलग्न रहेको आरोपमा ४२९ जना पक्राउ परेका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रिय सभा अन्तरगतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बिहीबार यस्तो जानकारी गराएका हुन् । उनका अनुसार विभिन्न कसुरमा १६८ वटा मुद्दा दर्ता भएको छ ।
गृहमन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा क्षति भएका ४६५ मध्ये ४४८ प्रहरी बिट सञ्चालनमा आइसकेको जानकारी दिए ।
समितिको बैठकलाई सम्बोधन गर्दै उनले सरकार बन्दा अन्योलपूर्ण अवस्था रहेको र अहिलेसम्म आइपुग्दा दुई महिनाको अवधिमा शान्ति सुरक्षालाई सामान्य अवस्थामा ल्याउन सकिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4