+
+
Shares

विराट गोल्डकपको हिसाब ८ महिनापछि सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १६:४७

२७ कात्तिक, विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिता समापन भएको ८ महिनापछि आयोजकले हिसाब सार्वजनिक गरेको छ । बिहीबार प्रतियोगिता नाफामा रहेको हिसाब सार्वजनिक गरेको हो ।

गत फागुन १९ गतेदेखि २८ गते नवौ संस्करणको विराट गोल्डकप सञ्चालन भएको थियो ।

नवौं संस्करणको प्रतियोगिताको संयोजक उद्योगी नविन रिजालले प्रतियोगिताबाट करिब ३ लाख रुपैयाँ मुनाफा भएको बताए । सातौं र आठौ संस्करण भने घाटामा गएको थियो ।

विराटनगर फुटबल ट्रस्टले बिहीबार  पत्रकार सम्मेलन गर्दै २ लाख ९४ हजार ३७४ रुपैयाँ  मुनाफा भएको बताएको हो ।

संयोजक रिजालले टिकट बिक्री कम, प्रायोजकले प्रतिवद्धता अनुसार भुक्तानी नदिदा मुनाफा कम भएको बताए । नवौं संस्करणको गोल्डकपमा करिब १ करोड ७ लाख २१ हजार रुपैयाँ आम्दानी १ करोड ४ लाख रुपैयाँ खर्च भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?