+
+
Shares

म्यान्डेटमा एक भए जेनजी : प्रधानमन्त्रीलाई बुझाउँदै सम्झौताको ड्राफ्ट

‘हामीले लामो छलफलपछि साझा ड्राफ्ट तयार गर्यौँ । आज तीन बजे प्रधानमन्त्रीलाई त्यो म्यान्डेट बुझाउँदै छौँ,’ एक जेनजी अगुवाले भने, ‘अब यसमा सरकार पक्षले पनि केही काम गरेपछि राष्ट्रपतिसँग औपचारिक सम्झौता हुन्छ । यसले हाम्रो आन्दोलनलाई वैधानिकता दिन्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २८ गते १५:०६
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ २३ र २४ गते हुने जेनजी आन्दोलनलाई संस्थागत गर्न तीन जेनजी समूहले साझा सम्झौताको ड्राफ्ट तयार पारेका छन्।
  • जेनजी मुभमेन्ट अलायन्स, सुदन गुरुङ समूहको द काउन्सिल अफ जेनजी र जेनजी फ्रन्टले साझा प्रस्ताव तयार पारेका हुन्।
  • तीन बजे प्रधानमन्त्रीलाई म्यान्डेट बुझाइने र सरकार पक्षले काम गरेपछि राष्ट्रपतिसँग औपचारिक सम्झौता हुने छ।

२८ कात्तिक,काठमाडौं। भदौ २३ र २४ गते हुने जेनजी आन्दोलनलाई संस्थागत गर्ने विषयमा जेनजीहरू एक हुने भएका छन् ।

यसअघि फरकफरक समूहमा रहेर आआफ्नो मागपत्र बुझाएका जेनजी समूहले एक भएर सम्झौताको ड्राफ्ट तयार गरेका छन् ।

जेनजी मुभमेन्ट अलायन्स, सुदन गुरुङ समूहको द काउन्सिल अफ जेनजी र जेनजी फ्रन्टले साझा प्रस्ताव तयार गरेका हुन् ।

‘हामीले लामो छलफलपछि साझा ड्राफ्ट तयार गर्यौँ । आज प्रधानमन्त्रीलाई त्यो म्यान्डेट बुझाउँदै छौँ,’ एक जेनजी अगुवाले भने, ‘अब यसमा सरकार पक्षले पनि केही काम गरेपछि राष्ट्रपतिसँग औपचारिक सम्झौता हुन्छ । यसले हाम्रो आन्दोलनलाई वैधानिकता दिन्छ ।’

यसअघि जेनजी मुभमेन्ट अलायन्स र जेनजी फ्रन्टले छुट्टाछुट्टै प्रस्ताव प्रधानमन्त्री कार्यालयमा बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?