+

नेपाली डेफलिम्पिक्स टोली जापान प्रस्थान

२०८२ कात्तिक  २८ गते २३:०५ २०८२ कात्तिक २८ गते २३:०५
नेपाली डेफलिम्पिक्स टोली जापान प्रस्थान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली टोली समर डेफलिम्पिक्सको २५औं संस्करणमा सहभागी हुन २८ कात्तिकमा जापानको टोकियो प्रस्थान गरेको छ।
  • नोभेम्बर १५ देखि २६ सम्म हुने डेफलिम्पिक्समा नेपालका १० खेलाडी ६ खेलमा प्रतिस्पर्धा गर्नेछन्।
  • राष्ट्रिय खेलकुद परिषद्का सदस्य र युवा तथा खेलकुद मन्त्रालयका सह–सचिवले टोलीलाई बिदाइ गरेका छन्।

२८ कात्तिक, काठमाडौं । समर डेफलिम्पिक्सको २५औं संस्करणमा सहभागी हुन नेपाली टोली शुक्रबार जापानको टोकियो प्रस्थान गरेको छ ।

नोभेम्बर १५ देखि २६ तारिखसम्म हुने डेफलिम्पिक्समा नेपालबाट विभिन्न ६ खेलमा १० खेलाडी सहभागी हुँदै छन् । नेपाली टोली शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेको हो ।

तेक्वान्दोमा किरण लामा, टेबलटेनिसमा सन्जित श्रेष्ठ, एथलेटिक्समा तिलदेवी गर्बुजा र निराजन सुवेदी, ब्याडमिन्टनमा महेन्द्र लिम्बू फुडोङ, घनबहादुर थापा र जमुना आचार्य तथा करातेमा सेनाम छिरिङ लामाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

जुडोमा सहभागी हुने खेलाडी सुष्मा तामाङ र लक्की चौधरीसहितको टोली भने जापान पुगिसकेको छ । तेक्वान्दोको प्रशिक्षकमा राजेन्द्र खत्री छन् ।

सहभागी हुने खेलको टिम लिडरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य जगतसिंह धामी, सरोजकुमार पोख्रेल, देवराज कटुवाल, झमकप्रसाद गौतम, विक्रम घले र वीरबहादुर गुरुङ रहेका छन् । अफिसियलमा कुलप्रसाद भट्टराई तथा दोभासेमा दिनेश श्रेष्ठ र नवीन श्रेष्ठ छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्यद्वय भानबहादुर चन्द र सुवर्ण श्रेष्ठ, राखेपका सदस्य हिमाल श्रेष्ठले शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

नेपाली डेफलिम्पिक्स टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय