+
+
Shares

आन्दोलनकारीबाट मलाई सुरक्षा चुनौती छ : मुख्यमन्त्री यादव

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २९ गते ९:५४

२९ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई सुरक्षा चुनौती रहेको बताएका छन् ।

शनिबार मधेश प्रदेशवासीका नाममा सम्बोधन गर्ने क्रममा उनले आफूलाई आन्दोलनकारीबाट सुरक्षा चुनौती रहेको बताएका हुन् ।

मुख्यमन्त्री यादवले आफूलाई सुरक्षा निकायले सुरक्षा चुनौती देखिएको भन्दै सीमित कार्यक्रमहरूमा मात्रै सहभागी हुन भनेको पनि बताए ।

‘सुरक्षा निकायकै रिपोर्टिङअनुसार मुख्यमन्त्रीज्यू विशेष कार्यक्रमहरू अलिकति कम गर्नुपर्‍यो । सीमित कार्यक्रमहरू राख्नुपर्‍यो । सुरक्षा चुनौती छ । संवेदनशील भइदिनुपर्‍यो भनेर आइसकेपछि यी विषयवस्तुहरू मैले कसलाई भन्ने ?,’ उनले प्रश्न गरे ।

मुख्यमन्त्री यादवले आफू सुरक्षित नभए अन्य दलका संसादहरूलाई पनि सुरक्षा चुनौती हुने जिकिर गरे ।

‘सुरक्षा थ्रेट मलाई अरू कोबाट हुन्छ ? जनताबाट त हुँदैन । आन्दोनलकारीबाटै हुन्छ’, यावदवले भने, ‘म सुरक्षित छैन भने अन्य कुनै व्यक्ति सुरक्षित हुन सक्दैन । म सुरक्षित छैन भने अन्य दलका माननीयहरू सुरक्षित हुन सक्छन् ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?