+
+
Shares

यक्ष प्रश्नको प्रस्तोतामा निमेष बन्जाडे, आजदेखि नयाँ सिजन सुरु

हिमालय टेलिभिजनका अनुसार, यक्ष प्रश्नको पहिलो एपिसोडमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अतिथिका रूपमा आएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३० गते १७:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालय टेलिभिजनको चर्चित टक शो 'यक्ष प्रश्न' को प्रस्तोता राजेन्द्र बानियाँबाट पत्रकार निमेष बन्जाडेमा परिवर्तन भएको छ।
  • निमेष बन्जाडेले झन्डै दुई दशकदेखि टेलिभिजन पत्रकारितामा काम गर्दै आएका छन् र नयाँ सिजनको पहिलो एपिसोड आज राति ९ बजे प्रसारण हुनेछ।
  • पहिलो एपिसोडमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अतिथिका रूपमा सहभागी हुनेछन्।

३० कात्तिक, काठमाडौं । हिमालय टेलिभिजनको चर्चित टक शो ‘यक्ष प्रश्न’ मा प्रस्तोता फेरिएका छन् ।

यसअघि हिमालय टेलिभिजनका समाचार प्रमुख राजेन्द्र बानियाँले सञ्चालन गर्दै आएको यक्ष प्रश्न अब पत्रकार निमेष बन्जाडेले सञ्चालन गर्ने भएका छन् ।

बानियाँ हिमालय टेलिभिजनबाट बाहिरिएसँगै स्टेशनको फ्लागसिप टक शो यक्ष प्रश्नमा प्रस्तोता फेरिएका हुन् ।

नयाँ प्रस्तोता बन्जाडे झन्डै दुई दशकदेखि टेलिभिजन तथा प्रसारण पत्रकारितामा सक्रिय पत्रकार हुन् । वि.सं. ६० को दशकमा रेडियो र छापा माध्यमबाट पत्रकारिता सुरु गरेका बन्जाडेले नेशनल टेलिभिजन, कान्तिपुर टेलिभिजन र ग्यालेक्सी टेलिभिजनमा समाचारवाचक तथा कार्यक्रम सञ्चालकका रूपमा काम गरेका छन् । उनले कान्तिपुर टीभीमा सरोकार र ग्यालेक्सी टीभीमा ‘जीबेट’ जस्ता लोकप्रिय कार्यक्रम सञ्चालन गरेका थिए ।

यक्ष प्रश्न हिमालय टेलिभिजनको स्थापना कालदेखिको फ्ल्यागसिप टक शो हो । यसलाई सुरुमा नारायण पौडेल र त्यसपछि राजेन्द्र बानियाँले सञ्चालन गरेका थिए । हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले प्रस्तोता फेरिएसँगै कार्यक्रमको स्वरूपमा समेत समायानुकूल परिवर्तन गरी तेस्रो सिजनका रूपमा लन्च गर्न लागिएको बताए ।

आगामी साताहरूमा नयाँ प्रस्तुतीसहित कार्यक्रम आउने उनले बताए ।

बञ्जाडेले सञ्चालन गर्ने कार्यक्रमको पहिलो एपिसोड आज राति ९ बजे प्रसारण हुने छ ।

हिमालय टेलिभिजनका अनुसार, यक्ष प्रश्नको पहिलो एपिसोडमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अतिथिका रूपमा आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?