+
+
Shares

राजदूत फिर्ता प्रकरण : प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना सम्बन्धी निवेदन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते १३:११
फाइल तस्वीर

१ मंसिर, काठमाडौं । राजदूत फिर्ताको निर्णय यथास्थितिमा राख्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको कारबाहीको निवेदन दर्ता भएको छ ।

अधिवक्ता प्रेमराज सिलवालले फैसला कार्यान्वयन नगर्ने प्रधानमन्त्री कार्कीलाई अवहेलनामा कारवाही गर्नुपर्ने माग राखी सर्वोच्चमा निवेदन दिएका हुन् । सर्वोच्च अदालतले आगामी आईतबार(७ मंसीर)मा निवेदनमाथि प्रारम्भिक सुनुवाइको मिति तोकेको छ ।

सरकारले गत महिना ११ मुलुकका राजदुतहरुलाई फिर्ता बोलाएको थियो । त्यसविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी आदेश दिएको थियो ।

तर सरकारले ती राजदुतहरुलाई नेपालमा फिर्ता बोलाएर परराष्ट्र मन्त्रालयबाट नै कामकाज गर्नु भनी निर्देशन दिएको छ । तर, ती राजदूतहरूको पद खोसिएको भने छैन । फिर्ता बोलाइएकामध्ये दुई जना राजदूतहरूले राजीनामा दिइसकेका छन् ।

अदालतले दिएको आदेश उल्लंघन गरेको दाबीसहित अधिवक्ता सिलवालले अवहेलनाको कारबाहीको निवेदन पेश गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?