+
+
WC Series
चितवन राइनोज 2025
171/6 (18.6)
VS
कर्णाली याक्स 2025
166/3 (20)
Shares

बागमती नदी किनारका बेवारिसे सवारी साधन हटाउन सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २ गते १४:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती नदीको गुहेश्वरी–गोकर्णेश्वर मन्दिर खण्डमा अलपत्र सवारी साधन हटाउन सुरु गरिएको छ।
  • मन्त्री कुलमान घिसिङले नदी सफा राख्न बेवारिसे सवारी साधन हटाउन र ढल व्यवस्थापन गर्न निर्देशन दिएका थिए।
  • जम्बुडाँडामा करिब १२० मिटर जाम हुँदा ढल बागमती नदीमा मिसिएको र मर्मत सुरु गरिएको छ।

२ मंसिर, काठमाडौं । बागमती नदीको गुहेश्वरी–गोकर्णेश्वर मन्दिर खण्डको नदी किनारमा अलपत्र अवस्थामा रहेका सवारी साधन हटाउन सुरु गरिएको छ ।

गोकर्णेश्वर नगरपालिका–५ जम्मुडाँडास्थित प्रहरी चौकी नजिक रहेका सवारी साधनलाई मंगलबार हटाइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार बागमती नदी करिडोर क्षेत्रको स्थलगत निरीक्षण गरी नदीलाई सफा राख्न किनारमा राखिएका बेवारिसे सवारी साधन तत्काल हटाउन र ढल व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।

जम्बुडाँडामा करिब १२० मिटर जाम हुँदा ढल बागमती नदीमा सिधै मिसिएको छ । ढल फुटेका कारण सडकमा पनि क्षति पुगेको छ । ढल मर्मत पनि सुरु गरिएको छ ।

साथै, गुहेश्वरीबाट माथिल्लो तटीय क्षेत्रमा नदी थ्रुपिएको बालुवा तथा फोहोर पनि हटाइने भएको छ । यसका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आवश्यक तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?