+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
71/2 (9.2)
VS
चितवन राइनोज 2025
0/0
Shares

स्वास्थ्य व्यवसायी परिषद्‌मा प्रतिनिधित्व गर्न ६ वटा एशोसिएसनको माग

परिषदको काम कारबाहीलाई थप व्यवस्थित बनाउन भन्दै उनीहरुले सदस्यका रुपमा आफ्नो पनि प्रतिनिधित्व गराउन स्वास्थ्यमन्त्री डा. सुधा शर्मासँग माग गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २ गते १६:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्वास्थ्य व्यवसायी परिषदमा ६ वटा एशोसिएसनले आफ्नो प्रतिनिधित्व माग गरेका छन्।
  • एशोसिएसनहरूले परिषद्को कामकारबाही व्यवस्थित बनाउन सदस्यमा समावेश गरिनुपर्ने बताएका छन्।
  • उनीहरूले परिषद ऐन २०५३ को दफा ४ को उपदफा (३) अनुसार सदस्य थपघट गरी आफूहरूलाई सदस्य कायम गरिदिन मन्त्रालयसँग अनुरोध गरेका छन्।

२ मंसिर, काठमाडौं। नेपाल स्वास्थ्य व्यवसायी परिषदमा आफ्नो पनि प्रतिनिधित्व हुनुपर्ने विभिन्न ६ वटा एशोसिएसनहरुले माग गरेका छन् ।

परिषदको काम कारबाहीलाई थप व्यवस्थित बनाउन भन्दै उनीहरुले सदस्यका रुपमा आफ्नो पनि प्रतिनिधित्व गराउन स्वास्थ्यमन्त्री डा. सुधा शर्मासँग माग गरेका हुन् ।

परिषद्को कामकारबाहीलाई थप व्यवस्थित, पारदर्शी र गुणस्तरीय बनाउन आफूहरूलाई सदस्यका रूपमा समावेश गर्नुपर्ने उनीहरूको मुख्य माग रहेको छ ।

माग गर्ने एशोसिएसनहरूमा नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एशोसिएसन, नेपाल जनस्वास्थ्य संघ, मेडिकल ल्याब्रेटरी एशोसिएसन अफ नेपाल (मालान), नेपाल फिजियोथेरापी एशोसिएसन (नेप्टा), नेपाल सिएमए संघ र नेपाल दृष्टि विशेषज्ञ संघ छन्।

प परिषद्मा यी विषयका विज्ञ सदस्यहरू थपिएमा जनशक्ति उत्पादनको गुणस्तर वृद्धि हुने, निरन्तर व्यावसायिक विकास (सिपीडी) कार्यक्रम प्रभावकारी रूपमा लागू हुने, लाइसेन्स प्राप्त स्वास्थ्यकर्मीहरूको नियमित निरीक्षण तथा अनुगमन हुने, आचारसंहिता पालना गराउने, कार्यक्षेत्र र सेवाको व्यवस्थित अभिलेख राख्ने तथा परिषद्को आफ्नै परीक्षा केन्द्र स्थापना गर्न सकिने लगायतका धेरै फाइदा हुने बताएका छन्।

उनीहरूले २०५३ सालमा स्थापना भएको परिषद्को ऐन २७ वर्ष बितिसक्दा पनि संशोधन हुन नसकेको, दफा ४ को उपदफा (च) बमोजिम २३ वर्षदेखि निर्वाचन हुन नसकेको, दफा १२ तथा नियमावलीको दफा १२ अनुसार गठन हुने सम्बन्धित विषय समितिमा कुल सङ्ख्याको ५० प्रतिशत विज्ञ सदस्य नभएको तथा परीक्षा समितिमा अनुभवी सदस्यहरूको अभाव रहेको जस्ता गम्भीर समस्या औँल्याएका छन्।

यी सबै समस्याको समाधानका लागि नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ को दफा ४ को उपदफा (३) बमोजिम सदस्यहरू थपघट तथा हेरफेर गरी आफूहरूलाई पनि सदस्य कायम गरिदिन मन्त्रालयसँग एशोसिएसनहरूले अनुरोध गरेका छन्।

हेर्नुहोस् विज्ञप्ति :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?