काठमाडौं । यसैसाता नेपालमा आयोजित कन्सर्टलाई लिएर पाकिस्तानी र्यापर तल्हा अंजुम आफ्नै देशमा आलोचनाले घेरिएका छन् । कारण थियो- काठमाडौंको कन्सर्टमा उनले स्टेजमै भारतीय झण्डा फहराउनु ।
‘योङ स्टनर्स’ भनिने तल्हा अंजुम र तल्हा युनुसले नोभेम्बर १५ मा ठमेलको क्लब नोभामा प्रस्तुति दिएका थिए ।
उनीहरूले दिएको प्रस्तुतिको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । एक भिडियोमा प्रस्तुतिको क्रममा अंजुमले स्टेजमा भारतीय झण्डा फर्फराउँछन् ।
नेपालको लाइभ कन्सर्टको क्रममा स्टेज मुनिको भीडबाट कसैले अंजुमको हातमा भारतीय झण्डा दिन्छन् र उनले एक हातले समातेर झण्डा लिन्छन् । गाउँदा गाउँदै उनले गीत पूरा गरेपछि त्यो झण्डा लहराउँछन् ।
उनले त्यो झण्डा काँधमा बोकेर पुनः गीतको बोल दोहोर्याउँछन्- ‘इफ यू नो, यू नो ।’ त्यसपछि उनले त्यो झण्डा दर्शकलाई नै फिर्ता गरिदिएका छन् ।

निकै आलोचनाले घेरिएपछि अंजुमले भिडियो सन्देश जारी गर्दै आफ्नो मनमा कुनै घृणा नभएको बताएका छन् । ‘मेरो कलाको कुनै सिमाना छैन’ उनले भनेका छन् ।
आफूले भारतीय झण्डा लहराउँदा विवाद खडा हुन्छ भने भइरहोस् भनेर उनले प्रतिक्रिया दिएका छन् । ‘म त्यस्तो दोस्रो पटक पनि गरौँला । मैले कहिल्यै मिडिया, लडाइमा सामेल सरकार र उनीहरूको प्रोपोगान्डाको फिक्री गर्दिनँ’ उनले भनेका छन् ।
उनले उर्दू र्यापको कुनै सिमाना नभएको र सँधै यस्तै हुने बताएका छन् । तंजुमको यो घटनाक्रमलाई भारतीय मिडियाले पनि उच्च प्राथमिकतासहित प्रसारण गरेका छन् ।
Talha Anjum carried an INDIAN flag at his recent show pic.twitter.com/xBnKOt8wk7
— INNOCENT EVIL ⁶𓅓 (@raju_innocentev) November 16, 2025
स्पोटीफाईमा तंजुमलाई सुन्नेहरू लाखौं छन् । सन् २०२४ मा उनी स्पोटीफाईमा सबैभन्दा धेरै सुनिने पाकिस्तानी गायक बनेका थिए ।
काठमाडौं कन्सर्टपछि भारतीय मिडियामा तंजुमको प्रशंसा भैरहेको छ भने पाकिस्तानमा भने आलोचना । फेब्रुअरी २०२५ मा स्पटिफाईको ’ग्लोबल इम्प्याक्ट लिस्ट’मा ३० राम्रा गीतमा तल्हा अंजुमका १७ ’हिप हप’ परेका थिए ।
प्रतिक्रिया 4