+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सरकारलाई विष्णु रिमालको प्रश्न– चुनाव यसैगरी गर्ने हो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते १४:५१

३ मंसिर, काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले यसैगरी चुनाव गराउने हो ? भन्दै सरकारलाई प्रश्न गरेका छन् । बुधबार महासचिव शंकर पोखरेल, पोलिटब्यूरो सदस्य महेश बस्नेत लगायत जाने कार्यक्रम रोक्न बाराको सिमरामा प्रदर्शन भएको थियो ।

लगत्तै अहिले बारामा कर्फ्यू लगाइएको छ । त्यस लगत्तै, एमालेका नेताहरूले सरकारप्रति प्रश्न गरिरहेका छन् ।

शान्ति सुव्यवस्थाप्रति नै संकट उत्पन्न भएको एमाले नेताहरूको भनाइ छ ।

यसैबीच उपमहासचिव रिमालले अध्यक्ष केपी शर्मा ओलीलाई स्थानहद तोकिएको, महासचिव पोखरेलको कार्यक्रम रोक्न विरोधको प्रायोजन, विमानस्थल बन्द, कर्फ्यू लगायतका कार्य भएकोप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘अध्यक्षलाई स्थानहद, महासचिवको कार्यक्रम रोक्न– विरोधको प्रायोजन: एयरपोर्ट बन्द, कर्फ्यू । सरकार ! यसैगरी चुनाव गर्ने हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?