+
एनपीएल :

लुम्बिनी लायन्सको विजयी सुरुवात

२०८२ मंसिर  ४ गते १९:३८ २०८२ मंसिर ४ गते १९:३८

लुम्बिनीका लागि गुल्बादिन नइबले अविजित रहँदै सर्वाधिक ४४ रन बनाए । उनले २३ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे ।

लुम्बिनी लायन्सको विजयी सुरुवात

४ मंसिर, काठमाडौं । लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ ।

पहिलो संस्करणमा एक खेल मात्र जितेर अन्तिममा रहेको लुम्बिनीले यस संस्करणमा भने पहिलो खेलमै जित हात पार्दै सुखद सुरुवात गरेको छ ।

पहिलो संस्करणमा चितवन राइनोजलाई मात्रै हराउन सफल लुम्बिनीले दोस्रो संस्करणको पहिलो खेलमै चितवनलाई नै हराएको हो ।

चितवनले दिएको १४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाएर ४६ रन बनाउँदै पूरा गरेको हो ।

लुम्बिनीका लागि गुल्बादिन नइबले अविजित रहँदै सर्वाधिक ४४ रन बनाए । उनले २३ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै कप्तान रोहित पौडेलले ३९ रन योगदान गरे । ४४ बल खेलेका उनले १ चौका प्रहार गरे ।

यस्तै ओपनिङमा आएका सन्दीप जोराले १८ बल खेल्दै ४ छक्का मद्दतमा २८ रन जोडे ।

अष्ट्रेलियन खेलाडी डार्शी सट ११ रन बनाएर आउट भए ।

बलिङमा चितवनका रिजन ढकालले २ विकेट लिए ।

त्यसअघि रबि बोपाराले लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गरेपछि चितवन राइनोजले नेपाल लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको थियो ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाएको हो ।

बोपाराले ५५ बल खेल्द ४ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ६६ रन बनाए । अनुभवी खेलाडी बोपाराले यसअघि कर्णाली याक्स विरुद्ध ५२ रन बनाएका थिए । यस्तै कप्तान कुशल मल्लले २१ रन जोडे ।

सैफ जैबले १५, देव खनालले १५ र दिपक बोहरा १० रन बनाएर आउट भए ।

बलिङमा लुम्बिनीका नामिबियन खेलाडी रुबेन ट्रम्पलम्यानले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । यस्तै युवा स्पीनर अभिशेष गौतमले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । गुल्बादिन नइबले ४ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।

चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई हराउँदै विजयी सुरुवात गरेको थियो । तर, दोस्रो खेलमा भने लुम्बिनिसँग पराजित भयो ।

एनपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय