२३ कात्तिक, काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपी ज्ञानबहादुर बम्जनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
अदालतको आदेश पछि कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए ।
सिन्धुलीको दुधौली घर भएका बम्जन २४ भदौ मा भएको जेनजी आन्दोलनका क्रममा हिरासतबाट भागेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंले २३ कात्तिकमा सोह्रखुट्टेबाट बम्जनलाई पुन: पक्राउ गरेको थियो ।
आइतबार बम्जनलाई पुर्पक्षका लागि कारगार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनी कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगीको कसुरमा परिसरको हिरासतमा थिए । सहकारी ठगीका मुख्य व्यक्ति भनिएका जीबी राईका जेठान हुन् ।
उनी पोखराको सूर्यदर्शन सहकारी ठगीको कसुरमा पनि जोडिएका थिए । अदालतको आदेशपछि उनी १० लाख धरौटीमा रिहा भएका थिए ।
प्रतिक्रिया 4