+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

स्वस्तिमाले सुरुमा ‘भद्रगोल’ सिरियलमा अभिनय गरेकी थिइन्

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते १३:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री स्वस्तिमा खड्काले पहिलो पटक चर्चित हाँस्य टिभी श्रृंखला 'भद्रगोल' मा अभिनय गरेकी थिइन्।
  • उनले 'भद्रगोल' को ६६ औं भाग १४ फेब्रुअरी २०१५ मा नेपाल टेलिभिजनमा प्रसारण भएको थियो।
  • स्वस्तिमाको पहिलो फिल्म 'होस्टेल रिटर्न्स' २१ अगस्ट २०१५ मा रिलिज भएको थियो र उनले २० भन्दा धेरै फिल्ममा अभिनय गरेकी छिन्।

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले पहिलोपटक केमा अभिनय गरेकी थिइन् ? धेरैको जवाफ हुन्छ- ‘होस्टेल रिटर्न्स’ फिल्म ।

तर, उनले त्यसअघि नै चर्चित हाँस्य टिभी श्रृंखला ‘भद्रगोल’ मा अभिनय गरिसकेकी थिइन् ।

‘होस्टेल रिटर्न्स’ २१ अगस्ट, २०१५ मा हलमा रिलिज भएको थियो । स्वस्तिमाले अभिनय गरेको ‘भद्रगोल’ को ६६ औं भाग चाहिँ सोही वर्षको १४ फेब्रुअरीमा नेपाल टेलिभिजनमा प्रसारण भएको थियो (भिडियो हेर्न क्लिक गर्नूस) ।

निर्देशक शंकर आचार्यले भ्यालेन्टाइन्स डेको कथावस्तुको सन्दर्भमा स्वस्तिमालाई अभिनय गराइएको बताए । ‘जिग्री-पाँडेले त्यतिबेला स्वस्तिमाजीलाई खोजेर ल्याउनुभएको थियो’ शंकरले भने, ‘कन्टिन्यू नहुने भएकाले उहाँको छोटो रोल थियो ।’

प्रेम दिवसको कथावस्तुमा सागर लम्साल बलेसँग स्वस्तिमालाई चित्रण गरिएको छ । उक्त एपिसोड छायांकन काठमाडौंको उत्तरमा पर्ने मुर्खुु भञ्ज्याङमा गरिएको थियो ।

एपिसोडमा भने स्वस्तिमाको नाम उल्लेख छैन ।

अहिलेसम्मको विवरण हेर्दा, स्वस्तिको डेब्यू अभिनय ‘भद्रगोल’ हो । ‘होस्टेल रिटर्न्स’ चाहिँ उनको डेब्यू फिल्म । दशक लामो करिअरमा स्वस्तिमाले २० भन्दा धेरै फिल्ममा अभिनय गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?