News Summary
Generated by OK AI. Editorially reviewed.- कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी नेपाल प्रिमियर लिगमा कलाकार र सामाजिक सञ्जालका कन्टेन्ट क्रिएटरको बाक्लो सहभागिता छ।
- अभिनेत्री करिश्मा श्रेष्ठ, मोडल विना राउत, मिस पबी र टिभी होस्ट सजिना खनालले क्रिकेट प्रवर्धनमा सक्रिय भूमिका खेलेका छन्।
- फिल्म र संगीत क्षेत्रका कलाकारले पनि आफूले समर्थन गरेको क्लबलाई समर्थन गरिरहेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा कलाकार र सर्वसाधारण मात्र होइन, ‘कन्टेन्ट क्रिएटर’ को बाक्लो सहभागिता देखिन्छ ।
सामाजिक सञ्जालका इन्फ्लुएन्सर, टिभी शो होस्ट देखि टिभी कार्यक्रममा कलाकार रंगशालामा उपस्थित भएर क्रिकेटको प्रवर्धन गरिरहेका छन् ।
अभिनेत्री समेत रहेकी करिश्मा श्रेष्ठ, मोडल तथा अभिनेत्री विना राउत, मिस पबी, टिभी शो होस्ट सजिना खनाल लगायत क्रिकेट प्रवर्धनमा ब्यस्त छन् ।
कतिपय दर्शक बनेर पुगिरहेका छन् भने कतिपय चाहिँ प्रायोजकको तर्फबाट क्रिकेट प्रवर्धनमा ब्यस्त छन् । उनीहरू सामाजिक सञ्जालबाट आकर्षक फोटो र भिडियो सेयर गर्दै क्रिकेट प्रेम दर्शाइरहेका छन् ।
‘इन्फ्लुएन्सर’ बाहेक फिल्म र संगीत क्षेत्रका कलाकारले पनि आफूले समर्थन गरेको क्लबलाई समर्थन गरिरहेको देखिन्छ ।







प्रतिक्रिया 4