+
+
WC Series
चितवन राइनोज 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
24/2 (3.5)
Shares

बेनी–पाखापानी सडकः किराखोर–नेप्टेचौर खण्डमा धमाधम कालोपत्र

बेनी नगरपालिका–९ किराखोरदेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्मको दुई किलोमिटर सडक ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र थालिएको हो ।

रासस रासस
२०८२ मंसिर १२ गते १२:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेनी–पाखापानी सडकअन्तर्गत किराखोर–नेप्टेचौर खण्डमा दुई किलोमिटर सडकमा प्रिमिक्स प्रविधिको कालोपत्र थालिएको छ।
  • बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले सात मिटर चौडा सडक कालोपत्र हुने र नेप्टेचौर–तोरीपानी खण्डमा दुई किलोमिटर ग्राभेल गरिने बताए।
  • सडक संरक्षणका लागि नाला र टेवा पर्खाललगायत संरचना निर्माण भइरहेको र रु १० करोड १६ लाख १ हजार ३६४ मा सम्झौता भएको छ।

१२ मंसिर, म्याग्दी। बेनी–पाखापानी सडकअन्तर्गत किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र गर्न थालिएको छ ।

बेनी नगरपालिका–९ किराखोरदेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्मको दुई किलोमिटर सडक ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र थालिएको हो ।

बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीका अनुसार सात मिटर चौडा सडक कालोपत्र हुनेछ । नेप्टेचौर–तोरीपानी खण्डमा थप दुई किलोमिटर ग्राभेल पनि गरिने छ ।

वर्षा यामको पानीको निकासका निम्ति नाला र टेवा पर्खाललगायत सडक संरक्षणका संरचना पनि धमाधम निर्माण भइरहेका छन् । यो सडक कालोपत्र गर्न रु १० करोड १६ लाख एक हजार ३६४ मा निर्माण कम्पनीसँग सम्झौता भएको छ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?