+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
१२० बलमा १६६ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

चिसोका कारण अस्पतालमा बिरामीको चाप बढ्दो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १८ गते १३:३८
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेशका मकवानपुर जिल्लामा चिसो र शीतलहरका कारण रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएको छ।
  • हेटौँडा अस्पतालमा दैनिक ५० देखि ६० जना रुघाखोकी, ज्वरो, निमोनियालगायतका बिरामी आउने गरेको छ।
  • मनहरि अस्पताल, भीमफेदी स्वास्थ्य केन्द्र र बकैया आधारभूत अस्पतालमा पनि बिरामीको चाप बढ्दै गएको छ।

१८ मंसिर, बागमती । पछिल्लो केही दिनयता चिसो बढेसँगै बागमती प्रदेशका मकवानपुरलगायतका जिल्लामा रुघाखोकी, ज्वरो र श्वासप्र्रश्वासका बिरामी बढ्दै गएको छ ।

चिसो र शीतलहरका कारण रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढेका हुन् ।

हेटौँडास्थित हेटौँडा अस्पताल, चुरेहिल अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप बढेको जिल्ला जस्वास्थ्य कार्यालयले जनाएको छ ।

दुधे बालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धाहरु रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायत प्रकोपबाट पीडित भएका छन् । पछिल्लो केही दिनयता बिरामीको चाप बढेको हेटौँडा अस्पतालका निमित्त निर्देशक डा. रामचन्द्र सापकोटाले जानकारी दिए ।

रुघाखोकी, ज्वरो, निमोनियालगायतका बिरामी दैनिक ५० देखि ६० जनासम्म अस्पताल आउने गरेको उनले बताए ।

जिल्लाको मनहरि अस्पताल, भीमफेदी स्वास्थ्य केन्द्र, बकैया आधारभूत अस्पताललगायत ग्रामीण अस्पतालमा रुघाखोकी, ज्वरो, निमोनियालगायत बिरामीको चाप बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?