News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल स्टक एक्स्चेन्जमा नयाँ कम्पनी एसवाई प्यानलको १ करोड ३० लाख ८१ हजार ३७१ कित्ता सेयर सूचीकृत भएको छ।
- एसवाई प्यानलको ४० प्रतिशत सेयर सर्वसाधारण समूहको र ६० प्रतिशत संस्थापकको रहेको छ।
- एसवाई प्यानलको पहिलो कारोबार बुधबारदेखि सुरु हुने र मूल्य १०६.६१ देखि ३१९.८३ रुपैयाँसम्म तोकिएको छ।
२३ मंसिर, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जमा नयाँ कम्पनी एसवाई प्यानल सूचीकृत भएको छ ।
कम्पनीको कुल १ करोड ३० लाख ८१ हजार ३७१ कित्ता सेयर सूचीकृत भएको हो । जसमा ४० प्रतिशत सेयर सर्वसाधारण समूहको र बाँकी ६० प्रतिशत संस्थापकको छ ।
सूचीकृत सम्बन्धी सम्झौतामा एसवाई प्यानल र नेप्सेबीच मंगलबार सम्झौता भएको हो । आईपीओ परेकालाई सो कम्पनीको सेयर डिम्याट खातामा आइसकेको छ ।
कम्पनीको कोड संकेत एसवाईपीएनएल रहेको छ । कम्पनीको पहिलो कारोबारका लागि मूल्य १०६.६१ रुपैयाँदेखि ३१९.८३ रुपैयाँसम्म तोकिएको छ । पहिलो कारोबारपछि एक दिनमा मूल्य १० प्रतिशतसम्म बढ्न वा घट्न सक्नेछ ।
आरटीएस सेवा प्रभु क्यापिटलले दिनेछ । बुधबारदेखि बजारमा कारोबार सुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4