+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

नेपाल जेनजीको ‘गुरु राष्ट्र’ : प्रधानमन्त्री

‘हामी २३ र २४ भदौदेखि नै संघर्षमा छौं । केहीले रात दिन गरेर सम्झौता गर्न तहमा पुर्‍याए । सम्झौता पूरा गर्न समय लाग्दो रहेछ,’ उनले भनिन्, ‘अहिले नेपालको झण्डा देखाएर अन्य राष्ट्रमा पनि प्रदर्शन भएका छन् । नेपाल जेनजीको गुरु राष्ट्र बन्यो ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते २०:४२

२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा ‘जेनजीको गुरु राष्ट्र भएको बताएकी छन् ।

जेनजी आन्दोनकारीबीच सहमति भएपछि उनले यहाँको प्रेरणाबाट अन्य मुलुकहरूमा पनि आन्दोलन भइरहेको उल्लेख गरिन् ।

अन्य राष्ट्रहरूमा पनि यस्तो आन्दोलन भएकाले यहाँ भएको सम्झौतालाई समेत उनीहरुले अनुकरण गर्ने भएकाले यसलाई राम्रो बनाउन लाग्दा सहमतिमा केही ढिलाइ भएको उल्लेख गरिन् ।

‘हामी २३ र २४ भदौदेखि नै संघर्षमा छौं । केहीले रात दिन गरेर सम्झौता गर्न तहमा पुर्‍याए । सम्झौता पूरा गर्न समय लाग्दो रहेछ,’ उनले भनिन्, ‘अहिले नेपालको झण्डा देखाएर अन्य राष्ट्रमा पनि प्रदर्शन भएका छन् । नेपाल जेनजीको गुरु राष्ट्र बन्यो ।’

यो आन्दोलनको सम्झौता अन्य मुलुकमा अन्य भाषामा पनि अनुवाद पनि भएर जाँदा पनि त्यसलाई अनुकरण गरुन् भनेर राम्रो बनाउने प्रयास गरिएको बताइन् ।

‘यो हेर्न लायक डकुमेन्ट बन्यो । जेनजी शहीदका पिताले हस्ताक्षर गर्नुभयो । यो कोशेढुंगा हो यसले भोलिको परिवर्तनलाई निर्देश गर्छ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?