+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

छडी माछाको मूल्य बढ्यो, प्रतिकिलो कति ?

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते १०:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बिहीबार छडी माछाको मूल्य प्रतिकिलो ६३ रुपैयाँले बढेर ३०३ रुपैयाँ पुगेको छ।
  • बजारमा रहु माछाको मूल्य प्रतिकिलो ३३० रुपैयाँ र बचुवा माछाको मूल्य २७० रुपैयाँमा स्थिर रहेको छ।
  • कालीमाटी बजारमा रहु, बचुवा र छडी गरी तीन प्रकारका माछा पाइन्छन् र मूल्य जात अनुसार फरक–फरक छ।

२५ मंसिर, काठमाडौं । बजारमा छडी माछाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बिहीबार छडी माछाको मूल्य बढेको देखिएको हो ।

कालीमाटी बजारमा रहु, बचुवा र छडी गरी तीन प्रकारका माछा पाइन्छन् । बजारमा बेच्न राखिएका माछाको जात अनुसार मूल्य पनि फरक–फरक छ ।

आज बिहीबार छडी माछा प्रतिकिलो थोकमा औसत ६३ रुपैयाँ बढेको छ । हिजो  प्रतिकिलो २ सय ४० रुपैयाँमा किनबेच भएकोमा आज प्रतिकिलो ३ सय ३ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै रहु, बचुवा माछाको मूल्य भने स्थिर छ । बजारमा रहु माछा प्रतिकिलो थोकमा ३ सय ३० र बचुवा माछा २ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?