News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँगको सहकार्यमा पाँच दिन चलेको ओलम्पिक सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्स सम्पन्न भएको छ।
- कोर्समा ६५ जना प्रशिक्षक सहभागी भएका थिए र थाउलु तथा सान्दा विधाका अन्तर्राष्ट्रिय प्रशिक्षकहरूले प्रशिक्षण दिएका थिए।
- नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कोर्सले खेलाडीहरूको स्तर बढाउन प्रशिक्षकहरूको भूमिका महत्वपूर्ण हुने बताए।
२५ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँगको सहकार्यमा ५ दिन चलेको ओलम्पिक सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्स सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय उसु जगतको इतिहासमै पहिलो पटक नेपालमा आयोजना भएको सो कोर्स काठमाडौको डल्लुस्थित अर्थ क्वीक मेमोरियल मल्टिप्रपोज कभर्डहलमा आइतबारबाट सुरु भएर बिहीबार सकिएको थियो ।
नेपाल उसु महासंघको आयोजनामा भएको सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्सको उद्घाटन र समापन पूर्व मन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले गरेका छन् ।
टेक्निकल कोर्समा सातप्रदेश र विभागीय टिम गरि ६५ जना प्रशिक्षकहरु सहभागी भएको महासघंंका महासचिव ल्हाकपा छिरिङ लामाले जानकारी दिए । उसुको थाउलु विधाका प्रोफेसर लिन छाउमिन र सान्दाका एइ उईले प्रशिक्षण दिएका छन् ।
बिहीबार रोयल सिंगी होटलमा भएको कोर्सको समापन समारोहमा बोल्दै ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले खेलमा नतिजा कसरी आफ्नो पक्षमा पार्ने र अंक कसरी लिने विषयमा यस्तो कोर्स निकै महत्वपूर्ण भएको बताए ।
‘मेहेनत गरेर पनि जब पोइन्ट आएन भने त्यसको के काम हुन्छ’ उनले भने, ‘सोलिडेरिटी कोर्सले पोइन्ट कसरी लिन सकिन्छ , खेलको नियम कस्तो हुन्छ त्यसलाई बुझाउने मौका मिल्ने हुँदा सुखद नतिजा ल्याउन मद्दत पुग्छ ।’
सोलिडारिटी कोर्स गर्न विदेश गएर चर्को मूल्य तिर्नुपर्ने झन्झटबाट मुक्ति मिलेको उनले बताए । ‘यही कोर्स लिन विदेशमा जानुपर्यो भने एक जनाले ३–४ लाख जति खर्च गर्नुपर्छ’ उनले भने, नेपालमै यस्ता विदेशका महान् हस्ती एव विज्ञ ल्याएर सिकाइएको छ, यो ठूलो अवसर हो।’ टेक्निकल कोर्स लिइसकेपछि खेलाडीहरुको स्तर बढाउन प्रशिक्षकहरुले महत्वपूर्ण भूमिका खेल्ने हुने उनले बताए ।
उसु महासंघका महासचिव लाक्पा छिरिङ लामाले कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय उसु महासंघसँग समन्वय गरी नेपालमा कोर्स आयोजना गर्न सहयोग पुर्याएकोमा धन्यवाद दिए ।
जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले खेलको विकासका लागि स्थानीय तहले वर्षेनी एक डेढ करोड लगानी गरिरहेको बताउँदै काठमाडौंका ११ वटै पालिकासँग उसु खेल जोडिन आग्रह गरे ।
समापन समारोहमा बोल्दै उसुको थाउलु विधाका प्रोफेसर लिन छाउमिनले राम्रोसँग कोर्स समापन गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिइन् । उनले यो सिकाइको मद्दतबाट नेपालमा उसु खेलको विकास मात्र नभएर अन्तर्राष्ट्रिय जगतमा समेत यसले गतिलो प्रभाव पार्ने बताए ।
महासंघका अध्यक्ष वीर बहादुर तामाङले ५ दिने ओलम्पिक सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्सले नेपाली उसु खेलको विकासमा नयाँ अध्याय थपेको बताए ।
कोटा छुट्टाएपनि अन्तर्राष्ट्रिय उसु महासंघका विज्ञ द्वारा प्रशिक्षण दिईने भएको हुदा कोटा भन्दा बढि प्रशिक्षकहरु सहभागी भएको नेपाल उसु महासघका महासचिव लामाले बताए ।
ट्रेनिङ कोर्समा भारतबाट थाउलोमा २ जना तथा सान्दामा ४ जना गरी ६ जना प्रशिक्षक सहभागी भएको महासचिव लामाले बताए ।
प्रतिक्रिया 4