News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबलमा एपीएफ एफसीले भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरी खेलेको छ।
- बराबरीपछि एपीएफको २ खेलमा ४ अंक भएको छ र दोस्रो स्थानमा छ।
- अंकतालिकामा इस्ट बेंगाल २ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ र शीर्ष २ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
२५ मंसिर, काठमाडौं । काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबलमा नेपाली टोली एपीएफ एफसीले भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिजसँग गोलरहित बराबरी खेलेको छ ।
बिहीबार साँझ दशरथ रंगशालामा भएको खेलमा एपीएफ र ट्रान्सपोर्ट युनाइटेड दुवैबाट कुनैपनि गोल हुन सकेन ।
बल पोसेसनमा पनि पकड जमाउँदै एपीएफले १२ शट एटेम्प्ट गर्दा ४ वटम टार्गेटमा राखेपनि गोल भने निस्कन सकेन ।
बराबरीपछि एपीएफको २ खेलमा ४ अंक भएको छ र दोस्रो स्थानमा छ । यसअघि एपीएफले पहिलो खेलमा बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ४-० ले हराएको थियो ।
अब एपीएफले कराची सिटी र इस्ट बेंगालसँग खेल्न बाँकी छ । अंकतालिकामा इस्ट बेंगाल २ खेलमा २ जितसहित ६ अंकका साथ शीर्षस्थानमा छ ।
कराची सिटी र ट्रान्सपोर्ट युनाइटेडको समान २ तथा नसरिन स्पोर्ट्स एकेडेमीको १ अंक छ ।
राउन्ड रोबिन लिगको समाप्तिमा शीर्ष २ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर







प्रतिक्रिया 4