News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री सुशीला कार्कीले वर्ल्ड चेस च्याम्पियनसिपमा भाग लिन कतारको दोहा जाने खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिएकी छन्।
- प्रधानमन्त्री कार्कीले झापाका सुश्रुत दाहाल र दोलखाका आशिष फुयालसँग बालुवाटारमा भेटेर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा बढाउने गरी खेल्न भनेकी छन्।
- खेलाडी दाहाल र फुयालले ६ दशकको इतिहासमा पहिलोपटक नेपालको सहभागिता भएको उक्त प्रतियोगितामा डिसेम्बर २५ देखि ३१ सम्म र्यापिड र ब्लिट्ज क्याटागोरीमा खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
२५ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले झापाका सुश्रुत दाहाल र दोलखाका आशिष फुयालसँग निवास बालुवाटारमा भएको भेटमा खेलाडीहरूलाई शुभकामना दिएकी हुन् ।
’अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा बढाउने गरी खेल्नुहोला, मेरो शुभकामना छ,’ प्रधानमन्त्री कार्कीले भनिन् ।
खेलाडीद्वय दाहाल र फुयालले ६ दशकको इतिहासमा उक्त प्रतियोगितामा नेपालको सहभागिता हुनु नै ठूलो कुरा रहेको बताउँदै सक्दो राम्रो खेल्ने प्रतिबद्धता व्यक्त गरे ।
र्यापिड र ब्लिट्ज क्याटागोरीमा हुन लागेको चेस च्याम्पियनसिपमा नेपाल पहिलोपटक सहभागी हुन लागेको हो । यही डिसेम्बर २५ देखि ३१ तारिखमा उक्त प्रतियोगिता हुँदै छ ।
प्रतिक्रिया 4