२७ मंसिर, काठमाडौं । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेकपा एमालेको ११औं महाधिवेशन प्रतिनिधि मनोनीत भएका छन् ।
एमालेले १०८ जनालाई महाधिवेशन प्रतिनिधिमा मनोनीत गरेको छ । जसमा तिमिल्सिनाको नाम १०औं नम्बरमा छ ।
पर्वत जिल्लाको मोदी गाउँपालिकाका तिमिल्सिना २०७४ देखि ६ वर्ष राष्ट्रियसभा अध्यक्षको जिम्मेवारीमा थिए ।
राष्ट्रिय सभाको अध्यक्षमो जिम्मेवारीबाट बिदा भएपछि पार्टी राजनीतिमा सक्रिय रहेका तिमिल्सिनालाई एमालेले महाधिवेशन प्रतिनिधिमा मनोनीत गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4