२७ मंसिर, काठमाडौं । सुनिता डंगोल नेकपा एमालेको ११औं महाधिवेशन प्रतिनिधि बनेकी छन् । उनलाई महाधिवेशन प्रतिनिधिमा मनोनप्त गरिएको छ ।
१०८ जना महाधिवेशन प्रतिनिधि मनोनित भएका छन् । जसको ४९ औं नम्बरमा डंगोलको नाम छ । डंगोल काठमाडौं महानगरपालिकाको उपमेर हुन् । २०७९ को चुनावबाट उनी उपमेयर भएकी हुन् ।
सुरुमा स्वतन्त्र रूपमा मेयरको प्रत्यासी रहेकी डंगोललाई अन्तिम समयमा एमालेले उपमेयरको उम्मेदवार बनाएको थियो ।
सन् २०११ मा मिस नेवाको ताज पहिरिन सफल डंगोल नेवारी सम्पदा संरक्षणवादीका रुपमा समेत परिचित छिन् । डंगोलसहित १०८ जना महाधिवेशन प्रतिनिधिमा मनोनित भएका छन् ।
एमालेको शुक्रबार बसेको सचिवालय बैठकमा महाधिवेशनका लागि मनोनीत १०८ जना प्रतिनिधिको विषयमा अध्यक्ष केपी शर्मा ओली र अध्यक्षका दाबेदार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टुंगो लगाउने सहमति भएको थियो ।
शनिवार बिहान मनोनीत १०८ जना महाधिवेशन प्रतिनिधिहरूको सूची प्रकाशित गरिएको छ ।
एमालेको महाधिवेशन आज सुरु हुँदैछ । भोलि र पर्सीसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
प्रतिक्रिया 4