२७ मंसिर, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षबाट हटेका सुजन कडरिया एमालेको ११औं महाधिवेशन प्रतिनिधि बनेका छन् ।
उनलाई एमालेले महाधिवेशन प्रतिनिधिमा मनोनीत गरेको हो । कडरियासहित १०८ जना महाधिवेशन प्रतिनिधिमा मनोनीत भएका छन् ।
२३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा कडरियाले अनेरास्ववियुको अध्यक्षबाट राजीनामा घोषणा गरेका थिए । पछि फेरि उनी केही समय जिम्मेवारीमा फर्किए ।
आलोचना भएपछि १ मंसिरमा पुन: राजीनामा दिए । उनको राजीनामा अनेरास्ववियुको केन्द्रीय समितिले स्वीकृत गरेर अध्यक्षको जिम्मेवारी महासचिव दीपक धामीलाई दिएको छ ।
त्यसपछि पार्टी राजनीतिमा जोडिएका कडरियालाई एमालेले महाधिवेशन प्रतिनिधिमा मनोनित गरेको हो ।
प्रतिक्रिया 4