+
+
Shares

भृकुटीमण्डपमा एमाले प्रतिनिधिको चहलपहल (तस्वीरहरू)

नयाँ नेतृत्व चयन गर्दै एमाले महाधिवेशन सोमबार समापन गर्ने तयारी गरिएको छ । यसपटक अध्यक्ष केपी शर्मा ओलीसँगै  वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा दाबी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते ८:४०
Listen News
0:00
0:30
🔊

२८ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा सुरु हुँदैछ ।

भक्तपुरमा शनिबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र सवा १२ बजे भृकुटीमण्डपमा सुरु हुँदैछ ।

बन्दसत्र सुरु हुनुअघि बिहान ९ बजेपछि केन्द्रीय कमिटी बैठक बस्दै छ । बन्दसत्र १२ बजेपछि सुरु हुने भए पनि प्रतिनिधहरु भृकुटीमण्डपमा पुगेका छन् ।

भृकुटी मण्डपमा बिहानैदेखि प्रतिनिधिहरुको चहलपहल बढेको छ । नेताहरूले देशभरबाट आएका प्रतिनिधिलाई आ-आफ्नो दस्तावेज र प्रचार सामग्री वितरण गरिरहेका छन् । बन्द सत्रको समय सरेपछि प्रतिनिधिहरुले प्रचारप्रासार गरिरहेका छन् ।

नयाँ नेतृत्व चयन गर्दै एमाले महाधिवेशन सोमबार समापन गर्ने तयारी गरिएको छ । यसपटक अध्यक्ष केपी शर्मा ओलीसँगै  वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा दाबी गरेका छन् ।

तस्वीरहरू : चन्द्रबहादुर आले/ दिनेश गौतम 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?