+
+
Shares

एमाले महाधिवेशन : बैजनाथ चौधरीद्वारा सचिवमा उम्मेदवारी घोषणा

नयाँ नेतृत्वमा सहमति नभए अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गर्ने तयारी गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते ९:२१
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको ११ औं महाधिवेशनमा पोलिटब्युरो सदस्य बैजनाथ चौधरीले सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
  • अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्।
  • चौधरीले २०४७ सालदेखि पार्टीमा क्रियाशील भएर तीन कार्यकाल केन्द्रीय सदस्य निर्वाचित भई सचिव पदमा पुग्न चाहेको बताउनुभयो।

२८ मंसिर, बुटवल। नेकपा एमालेको जारी ११औं महाधिवेशनमा पार्टीका पोलिटब्युरो सदस्य बैजनाथ चौधरीले सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नयाँ नेतृत्वमा सहमति नभए अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गर्ने तयारी गरेको छ ।

नवलपरासी पश्चिमका चौधरीले आफू आठौं महाधिवेशनदेखि लगातार तीन कार्यकाल केन्द्रीय सदस्य नर्वाचित भएकाले यसपटक पदाधिकारीमा पुग्न चाहेको बताए।

‘२०४७ सालदेखि पार्टीमा पूर्णकालीन भएर क्रियाशील छु, थारू क्लष्टरको सबैभन्दा सिनियर नेता हुँ, त्यसैले सचिवमा मेरो उम्मेदवारी न्यायोचित छ’ चौधरीले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘सिनियारिटी, योग्यता, क्षमता र निश्कलंक छविले गर्दा दुबै प्यानलमा पर्छु भन्ने विश्वास छ । नपरे एक्लै प्रतिस्पर्धा गर्न सक्षम छु।’

२७ वर्षको उमेरमा सबैभन्दा कान्छो जिल्ला विकास समिति सभापतिदेखि संघीय सांसद, प्रदेश मन्त्री र पार्टीका विभिन्न भूमिकामा हुँदा कहीँकतै आर्थिक र अन्य विषयमा प्रश्न नउठेको दावी गर्दै चौधरीले पार्टी र मुलुकले खोजेको स्वच्छ छवि र बेदाग नेतृत्व भएकाले आफ्नो उम्मेदवारी स्वभाविक हुने तर्क गरे ।

चौधरी पार्टी महासचिव शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा साढे तीन वर्ष भौतिक पुर्वाधार विकास मन्त्री थिए ।

चौधरी पार्टीलाई सामूहिक नेतृत्व र जनभावना अनुसार चलाउनुपर्ने मान्यता राख्दै आएका नेता हुन् । चौधरी एमाले उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् ।

२०४२ सालमा नेकपा मालेमा संगिठत भएर पार्टी राजनीति शुरु गरेका चौधरी २०४७ सालमा नेकपा (माले)को नवलपरासी जिल्ला सदस्य र पार्टी एकताबाट नेकपा एमाले भएपछि २०५७ सम्म जिल्ला सदस्य, २०५७ देखि २०६५ सम्म उपसिचव, ०६४ सालमा नेपाल लोकतान्त्रिक थारु संघको संस्थापक महासचिव, २०६५, २०७० र २०७८ सालका महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य निर्वाचित भएका थिए ।

उनी तत्कालीन लुिम्बनी अञ्चल इञ्चार्ज र लुम्बिनी प्रदेश सहइञ्चार्ज तथा पार्टीको जनसंगठन प्रोग्रेसिभ इन्जिनियर एशोसिएसनको इञ्चार्ज समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?