+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

एमाले महाधिवेशन : भृकुटीमण्डपको टेन्टमुनि बन्दसत्र, प्रदर्शनी हलमा खानपान

उदघाटन समारोहको मञ्च र बन्द सत्रको हल व्यवस्थापनको जिम्मा लिएका विनोद श्रेष्ठले हलमा २ हजार २६२ प्रतिनिधिहरु अट्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते ८:२५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको बन्दसत्र भृकुटीमण्डपको खुला चौरमा टेन्ट राखेर २ हजार २६२ प्रतिनिधि बस्ने गरी तयार गरिएको छ।
  • बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल दाबेदार छन् र सहमतिमा नभए मतदान हुनेछ।
  • प्रतिनिधिहरूले २५१ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् र विद्युतीय भोटिङ मेसिन प्रयोग गरिनेछ।

२८ मंसिर, काठमाडौं। नेकपा एमालेको बन्दसत्रका लागि भृकुटीमण्डपको खुला चौरमा टेन्ट राखेर हल बनाइएको छ। प्रदर्शनी कक्षको हलमा भने खानपानको व्यवस्था मिलाइएको छ। भृकुटीमण्डप परिसरमा अहिले टेन्ट टाँगेर बिहानको नास्ता र दिउँसोको खाना पकाउने काम भइरहेको छ ।

उदघाटन समारोहको मञ्च र बन्द सत्रको हल व्यवस्थापनको जिम्मा लिएका विनोद श्रेष्ठले हलमा २ हजार २६२ प्रतिनिधिहरु अट्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए ।

टेन्ट मुनि बनाएको हलमा शीर्ष नेताहरु बस्नका लागि मञ्च बनाएर सोफा राखिएको छ। प्रतिनिधिहरू बस्नका लागि तल कार्पेट ओछ्याएर प्लास्टिकका कुर्सीहरू राखिएको छ । साउन्ड सिस्टम, बिजुली बत्ती जडान लगायतका काम शनिबार राति अबेरसम्म जारी थियो।

श्रेष्ठले भृकुटीमण्डपको मुख्य प्रदर्शनी कक्षमा भने प्रतिनिधिहरूका लागि खाने व्यवस्था मिलाइएको जानकारी दिए। त्यहाँ राउण्ड टेबल र कुर्सीहरू राखिएको छ।

महाधिवेशन लम्बिए पनि त्यसका लागि समेत आवश्यक प्रबन्ध मिलाइएको श्रेष्ठले बताए। हिजो भक्तपुरको सल्लाघारीमा महाधिवेशन औपचारिक उदघाटन गरेको एमालेले नेतृत्व चयनका लागि बन्दसत्र सुरु गर्न लागेको हो। बन्दसत्र बिहान आठ बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु गर्ने तयारी छ। त्यहाँ प्रतिनिधिहिरु पुग्ने क्रम जारी छ।

विधान महाधिवेशन गत भदौमै सम्पन्न गरिसकेकाले आजबाट एमाले नेतृत्व चयन प्रक्रियामा प्रवेश गर्नेछ । नेतृत्वमा हालका अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल दाबेदार छन्। सकेसम्म सहमतिमा, सहमति नभए मतदान प्रक्रियामार्फत् भए पनि नेतृत्व चयन गर्ने एमालेको तयारी छ । मतदानमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेले जनाएको छ।

बन्दसत्रमा २ हजार २६२ जना प्रतिनिधिहरू सहभागी हुँदैछन्। उनीहरुले एक अध्यक्ष, एक महासचिव, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?