२८ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसले प्रतिनिधिसभा चुनावका लागि प्रत्यक्षतर्फ ११ जनाको नाम सिफारिस गरेको छ ।
क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फ कृष्णसबुज बानियाँ, सुभाष अधिकारी, श्यामकृष्ण खड्गी, लक्ष्मण केसी, सुसन वैद्य, मनोज भण्डारी, माधव तिमिल्सेना, कृष्णमान श्रेष्ठ, रवि केसी, इन्दिरा चौलागाईं र अम्बिका शर्माको नाम उम्मेदवारका लागि सिफारिस गरेको हो ।
त्यसैगरी समानुपातिकतर्फ भिमसेनदास प्रधान, जीवन डंगोल, सावित्री राजभण्डारी, लक्ष्मण महर्जन, पशुपति गुरुङ, रामबहादुर रजक (रम्बा), मुजादिन मिजान, यासिवा रहमान र गोविन्द परियारको नाम सिफारिस गरेको छ
राष्ट्रिय सभातर्फ भने डा. शिवचन्द्र शाहीको एकल नाम सिफारिस गरिएको छ ।
प्रतिक्रिया 4