+
+
Shares

इमर्जिङ नेपालले ५ प्रतिशत नगद लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते १०:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इमर्जिङ नेपालले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको ५.२६३१५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
  • कम्पनीले ५५ करोड ५६ लाख रुपैयाँ बराबर लाभांश अर्थ मन्त्रालय र साधारणसभाबाट स्वीकृत भएपछि वितरण गर्ने जनाएको छ।
  • हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९०५ रुपैयाँ हाराहारीमा रहेको छ।

२९ मंसिर, काठमाडौं । इमर्जिङ नेपालले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट हाल कायम चुक्ता पूँजीको ५.२६३१५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो लाभांश करसहित हो ।

५५ करोड ५६ लाख रुपैयाँ बराबर लाभांश प्रदान हुने कम्पनीले जनाएको छ । यो लाभांश अर्थ मन्त्रालय तथा आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ ।

बुक क्लोज तथा साधारणसभाको मिति पछि तय हुने कम्पनीले जनाएको छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९०५ रुपैयाँ हाराहारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?