+
+
Shares

हलिउडका ‘रोमान्स किङ’ जर्ज क्लुनीले अबदेखि फिल्ममा चुम्बन नगर्ने

“म पल न्युम्यानले जस्तै बाटो हिँड्ने प्रयास गरिरहेको छु । ठीक छ, म अब कुनै केटीलाई चुम्बन गर्दिन,’ क्लुनीले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते १३:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हलिउड अभिनेता जर्ज क्लुनीले अब फिल्ममा केटीहरूलाई चुम्बन नगर्ने निधो गरेको बताए।
  • क्लुनीले ६० वर्षको उमेरमा श्रीमतीसँग कुराकानी गरी यस्तो निर्णय गरेको खुलाए।
  • उनी रोमान्टिक फिल्मबाट टाढा हुँदै नयाँ प्रमुख पुरुषका लागि ठाउँ बनाउन खोजिरहेका छन्।

हलिउड अभिनेता जर्ज क्लुनीलाई अब ठूलो पर्दाको रोमान्समा रुचि छैन जस्तो देखिन्छ ।

डेली मेलसँगको हालैको अन्तर्वार्तामा क्लुनीले यसको खुलासा गरेका छन् । श्रीमती अमलसँग आफ्नो उमेरको बारेमा छलफल गरेपछि, अबदेखि आफूले फिल्ममा ‘केटीहरूलाई चुम्बन’ नगर्ने निधो गरेको बताए ।

“म पल न्युम्यानले जस्तै बाटो हिँड्ने प्रयास गरिरहेको छु । ठीक छ, म अब कुनै केटीलाई चुम्बन गर्दिन,’ क्लुनीले भने ।

उनले भने, “जतिबेला म ६० वर्षको भएँ, मैले मेरी श्रीमतीसँग कुराकानी गरें । मैले भनें, ‘हेर, म अझै पनि केटाहरूसँग बास्केटबल खेल्न सक्छु । म २५ वर्षका केटाहरूसँग खेल्छु । म अझै पनि झुन्डिन सक्छु, म फिट छु । तर पछिल्ला २५ वर्षमा, म ८५ वर्षको भएँ । तिमीले कतिवटा ग्रेनोला बार खान्छौं भन्ने कुराले फरक पार्दैन, त्यो वास्तविक संख्या हो ।’

क्लुनीले हलिउडको सबैभन्दा लोकप्रिय रोमान्टिक नायक मध्ये एकको रूपमा आफ्नो करियर बनाए । उनले मिशेल फिफरसँगको “वन फाइन डे’, जेनिफर लोपेजसँगको “आउट अफ साइट’, भेरा फार्मिगासँगको “अप इन द एयर’ र जुलिया रोबट्र्ससँगको “टिकट टु प्याराडाइज’ जस्ता चर्चित रोमान्टिक फिल्ममा अभिनय गरेका छन् ।

“ओसन्स इलेभेन“ स्टारले केही समयदेखि यो निर्णयको संकेत गरिरहेका थिए । उनले मार्चमा “सिक्सट्ी मिनेट्स’ सँग भनेका थिए कि उनी हलिउडका नयाँ प्रमुख पुरुषको लागि ठाउँ बनाउन “रोमान्टिक फिल्महरू’ बाट पूर्ण रूपमा टाढा जाँदैछन् ।

“हेर, म ६३ वर्षको भएँ । म २५ वर्षीय प्रमुख पुरुषसँग प्रतिस्पर्धा गर्ने प्रयास गरिरहेको छैन’ उनले भने, ‘त्यो मेरो काम होइन । म अब रोमान्टिक फिल्महरू गरिरहेको छैन ।’

सन् २०२२ मा न्यूयोर्क टाइम्ससँगको कुराकानीमा, क्लुनीले आफ्नो करियरको सुरुवातमा पनि एक निर्देशकसँग समस्या भएको सम्झे जसले उनको अन–स्क्रिन चुम्बन शैलीको आलोचना गरेका थिए ।

क्लुनीले भने, “मलाई याद छ मेरो करियरको सुरुवातमा, मैले त्यो केटीसँग चुम्बनको दृश्य गर्नुपरेको थियो र निर्देशकले त्यसरी गर्ने होइन भन्थे । अनि म सोच्थेँ, ‘यार, त्यो मेरो शैली हो । म वास्तविक जीवनमा त्यही गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?