News Summary
Generated by OK AI. Editorially reviewed.- सन नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको २०.२६३२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
- लाभांशमा १५.२६३२ प्रतिशत नगद र ५ प्रतिशत सेयर बोनस समावेश गरिएको छ।
- नियामक बीमा प्राधिकरण र आगामी साधारणसभामा प्रस्ताव पेश गरिने र स्वीकृत भएपछि वितरण गरिने कम्पनीले जनाएको छ।
३ पुस, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि सेयर बोनस र नगद लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको २०.२६३२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
जसमा १५.२६३२ प्रतिशत नगद लाभांश र ५ प्रतिशत सेयर बोनस रहेको छ । नियामक बीमा प्राधिकरण र आगामी साधारणसभामा सो प्रस्ताव लगिने र प्रस्ताव स्वीकृत भएपछि वितरण हुने कम्पनीले जनाएको छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५११ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4