३ पुस, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै राजनितिक दलहरू निर्वाचनको तयारीमा जुटिसकेको बताएका छन् ।
बिहीवार काठमाडौंमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक दलहरू निर्वाचनमा होमिएको बताएका हुन् ।
राजनीतिक दलहरूले निर्वाचनको लागि उम्मेद्वार सिफारिस समेत गर्न थालिसकेको बताउँदै उनले निर्वाचनको तयारी स्वरुप कतिपय राजनीतिक दलहरूले गाउँदेखि शहरसम्म अभियान चलाएको उल्लेख गरे ।
‘कतिपय राजनितिक दल महाधिवेशन गर्दै हुनुहुन्छ, गर्नेवाला हुुनुहुन्छ, गाउँदेखी शहरसम्म अभियान चलाउनुभएको छ । यहाँहरूलाई जानकारी गराउँ, उम्मेद्वारको नाम सिफारिस भइरहेको छ । समानुपातिकमा नाम सिफारिस भइरहेको छ,’ मन्त्री खरेलले भने, ‘भनेपछि राजनितिक दलहरू चुनावमा होमिनु भइसकेको छ । सरकार सबैखालका स्रोत, साधान, जनशक्ति तयार गरेर चुनावलाई सफल बनाउने वातावरणमा सरकारले त्यो काम गरिरहेको छ । जनता भोट हाल्न आतुर छन् । निर्वाचन अव उत्सव होइन, महोत्सव बन्दैछ । मुलुक निर्वाचनमा अगाडी बढिसक्यो ।’
फागुन २१ गते हुने निर्वाचनको लागि ८ लाख भन्दा बढी नयाँ मतदाताहरू थपिएकोले देशमा निर्वाचन महोत्सव बन्न लागेको दाबी पनि गरे ।
निर्वाचनमा भोट हाल्न जनता पनि आतुर रहेको उनको भनाइ छ ।
‘सरकार अर्न्तगनका निकायहरूलाई पनि हामीले त्यो स्वतन्त्रता दिएका छौँ र भ्रष्टाचार नियन्त्रणसम्बन्धि मुद्दाहरू अहिले मज्जाले अगाडी बढिरहेको छ । सुशासनका कामको सुरुवात हामीले गरेका छौँ । निर्वाचनको कुरा गर्दा फागुन २१ मा निर्वाचन हुँदैछ । निर्वाचन आयोग द्रुत गतिमा काम गरिरहेको छ । ८ लाख भन्दा बढी नयाँ मतदाताहरूले उत्साहपुर्वक रुपमा मतदाता नामावली दर्ता गरेका छन् । करिब करिब सवै राजनीतिक दलहरू चुनावमा होमिइसकेको देख्छौं,’ मन्त्री खरेलले भने ।
सरकारले सबैखालका स्रोत, साधान, जनशक्ति तयार गरेर निर्वाचनलाई सफल बनाउने वातावरणमा लागेको पनि उहाँले जानकारी दिए ।
वर्तमान सरकार जेनजी आन्दोलनको म्याण्डेटअनुसार नै चलेको बताउँदै उनले निर्वाचनको तयारी तिब्र गतिमा बढेको उल्लेख गरे ।
‘यो सरकारले जेन–जी आन्दोलनपछि हामीले तीन वटा म्याण्डेट पाएका छौं । भ्रष्टाचार नियन्त्रणका कामहरू अगाडी बढाउने, त्यसको लागी ऐतिहासिक रुपमा तीन महिनाको अवधिमा ३० वटा भन्दा बढी भ्रष्टाचारका मुद्दाहरू अहिले अदालत पुगेका छन् र कारबाही अगाडी बढेको छ,’ मनत्री खरेलले भने, ‘यसमा यो सरकारले बढाएको भन्न खोजेको होईन, विगतका दिनहरूमा जुन खालको प्रभाव र दबाबमा मुद्दाहरू अगाडी बढ्न नसक्ने अवस्था थियो, हामीले अहिले राज्यका निकायहरूलाई स्वतन्त्र रुपमा काम गर्नको लागी सरकारको तर्फबाट बनाउनुपर्ने वातावरण बनाएका छौं,’ उनले भने ।
प्रतिक्रिया 4