३ मंसिर, काठमाडौं । झुटा विवरण पेस गरेर नागरिकता र राहदानीलगायतका सरकारी कागजात लिएको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा दाङको तुलसीपुर उपमहानगरपालिका-१७ का ४३ वर्षीय यमबहादुर बस्नेत, झापाको कचनकलब गाउँपालिका-३ का ५१ वर्षीय कृष्णबहादुर कटुवाल, झापाकै भद्रपुर नगरपालिका-९ का ४१ वर्षीय सूर्यबहादुर खड्का छन् ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध लिखत कीर्तेको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4