+
+
Shares

आँखा तन्काएको फोटोले जातिवादको विवाद निम्ताएपछि मिस फिनल्याण्डको ताज खोसियो

यो इशारालाई पूर्वी एसियाली मुलुकहरूमा आपत्तिजनक मानिन्छ र यसले जापान, दक्षिण कोरिया र चीनमा क्रुद्ध प्रतिक्रियाहरू निम्ताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १२:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • थाइल्याण्डमा भएको मिस युनिभर्स प्रतियोगितामा फिनल्याण्डकी सारा डिजाफ्सेको जातिवाद विवादका कारण ताज खोसिएको छ।
  • डिजाफ्सेले आफ्नो आँखाको कुना तानेर ‘चिनियाँसँग खाना खाँदै’ क्याप्सनसहित फोटो अपलोड गरेपछि जापान, दक्षिण कोरिया र चीनमा विरोध भएको छ।
  • फिनल्याण्डका प्रधानमन्त्री पेट्टेरी ओर्पोले उक्त इशारालाई ‘विचारहीन र मूर्ख’ भनेका छन् र डिजाफ्सेको ताज खोस्नु आवश्यक निर्णय भएको बताइएको छ।

काठमाडौं । एउटा तस्वीरले जातिवादको अन्तर्राष्ट्रिय विवाद निम्ताएपछि गत महिना थाइल्याण्डमा भएको मिस युनिभर्स प्रतियोगितामा फिनल्याण्डकी प्रतिनिधित्व गर्ने सारा डिजाफ्सेको ताज खोसिएको छ ।

एसियाली वर्ण विशेषतालाई खिल्ली उडाउने इशारा गरेको जस्तो देखिने उनको उक्त फोटो यतिबेला भाइरल बनिरहेको छ । २२ वर्षीया डिजाफ्सेले आफ्नो आँखाको कुना तानेको तस्बिर अपलोड गरिन्, जसमा ‘चिनियाँसँग खाना खाँदै’ भनेर क्याप्सन लेखिएको थियो ।

यो इशारालाई पूर्वी एसियाली मुलुकहरूमा आपत्तिजनक मानिन्छ र यसले जापान, दक्षिण कोरिया र चीनमा क्रुद्ध प्रतिक्रियाहरू निम्ताएको छ ।

यो विवाद ब्यूटी पेजेन्ट समुदायभन्दा पनि बाहिर फैलिएको छ । फिनल्याण्ड र यसको राष्ट्रिय वायुसेवा कम्पनी फिनएयरमाथि पनि आलोचना भएको छ । फिनल्याण्डको राजनीतिक नेतृत्वबाट समेत निन्दा गरिएको छ ।

प्रधानमन्त्री पेट्टेरी ओर्पोले सोमबार यस्तो इशारा गर्नु “विचारहीन र मूर्ख’ भएको बताए र यो घटनालाई देशको लागि “हानिकारक’ भनेर टिप्पणी गरे ।

घटनापछि १२ डिसेम्बरमा डिजाफ्सेको ताज खोसिएको छ ।

फिनिस ट्याब्लोइड इल्टा-सनोमटका अनुसार, डिजाफ्सेले उक्त इशारा खानाको समयमा टाउको दुखेको प्रतिक्रिया भएको दाबी गरिन् र आपत्तिजनक क्याप्सन चाहिँ उनका एक साथीले उनको सहमति बिना थपेको बताइन् ।

उनले पछि इन्स्टाग्राममा माफी माग्दै भनिन्, ‘यो पोस्टले धेरै मानिसमा नराम्रो भावना जगाएको छ । त्यो कुनै पनि हिसाबले मेरो उद्देश्य थिएन । मेरो लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको मानिसहरू, उनीहरूको पृष्ठभूमि र भिन्नताहरूको सम्मान हो ।’

यो मुद्दाले फिनल्याण्डमा जातिवादमाथिको बहसलाई पनि पुनः सुरु गरेको छ । एक जापानी बासिन्दाले एसियाली विरोधी भेदभावको अनुसन्धानको लागि आह्वान गर्दै एक हस्ताक्षर संकलन सुरु गरेका छन्, जसमा आइतबारसम्ममा ७,००० भन्दा बढी हस्ताक्षर जम्मा भइसकेका थिए ।

मिस फिनल्याण्ड अर्गनाइजेसनले डजाफ्सेको उपाधि हटाउनु ‘कठिन तर आवश्यक’ निर्णय भएको बताएको छ ।

“मिस फिनल्याण्डले रोल-मोडेलको हैसियत राख्छिन्, जसको लागि सबै मानिसलाई उनीहरूको उत्पत्ति, पृष्ठभूमि वा उपस्थिति जस्तोसुकै भए पनि सम्मान गर्न आवश्यक छ’ संस्थाले भनेको छ ।

“यी घटनाहरूले पुर्‍याएको क्षतिको लागि हामी एसियाली समुदायप्रति गहिरो दुःखी छौं । कुनै पनि रूपमा जातिवाद कहिल्यै स्वीकार्य हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?