News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको उपाध्यक्ष पदको मतपरिणाम अनुसार पृथ्वीसुब्बा गुरुङ १७३७ मत ल्याएर निर्वाचित भएका छन्।
- विष्णुप्रसाद पौडेल १६७५, रामबहादुर थापा \'बादल\' १५१६, गोकर्णराज विष्ट १३६८ र रघुजी पन्त १२५८ मतसहित उपाध्यक्षमा निर्वाचित भएका छन्।
- एमालेले विधान संशोधन गरेर यसपटक ५ उपाध्यक्ष पद कायम गरेको छ र गुरु बराल ११३७ मतसहित पराजित भएका छन्।
३ पुस, काठमाडौं । नेकपा एमालेको उपाध्यक्ष पदको मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार उपाध्यक्षमा सबैभन्दा धेरै मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । उनले १७३७ मत प्राप्त गरेका छन् ।
उनीपछि विष्णुप्रसाद पौडेलले १६७५ मत प्राप्त गरेका छन् । त्यस्तै रामबहादुर थापा ‘बादल’ले १५१६ मत ल्याउँदा, गोकर्णराज विष्टले १३६८ मत प्राप्त गरे । अहिलेका उपाध्यक्ष समेत रहेका गुरु बराल भने पराजित भएका छन् । उनी पराजित हुँदा रघुजी पन्त भने निर्वाचित भएका छन् । बरालले ११३७ मत ल्याउँदा पन्तले १२५८ मत ल्याएका छन् ।
एमालेमा यसपटक विधान संशोधन गरेर ५ जना उपाध्यक्ष कायम गरिएको छ ।
उपाध्यक्ष पदमा निर्वाचित उम्मेदवार
पृथ्वीसुब्बा गुरुङ – १७३७
विष्णुप्रसाद पौडेल – १६७५
रामबहादुर थापा बादल – १५१६
गोकर्णराज विष्ट – १३६८
रघुजी पन्त – १२५८
पराजित उम्मेदवारहरू
गुरुप्रसाद बराल – ११३७
बिन्दा पाण्डे – ९२१
परशुराममेघी गुरुङ – ४६१
अरुण नेपाल – ४३९
टंकप्रसाद कार्की – ३५८
भीमप्रसाद आचार्य – २६५
प्रतिक्रिया 4