News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन्।
- कोइरालाले पार्टी पङ्तीलाई निर्वाचनका लागि जुट्न निर्देशन दिएका छन्।
- उनले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको र केही नेतालाई काठमाडौँ बाहिर जान नदिएको बताएका छन्।
४ पुस, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन् ।
आफ्नो निर्वाचन क्षेत्र मोरङ-६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका-४ का स्थानिय नेतासँगको भेटघाट कार्यक्रममा कोइरालाले निर्वाचनका लागि जुट्न पनि पार्टी पङ्तीलाई निर्देशन दिए ।
उनले प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको बताए ।
‘संविधान बचाउने र मुलुकलाई सक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो,’ कोइरालाले भने , ‘हामी त निर्वाचनको मिति कुरेर बसेका छौं तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका समेत जन्मिएको छ ।’
सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनको भनाइ थियो । ‘दलका केही नेतालाई काठमाडौँ बाहिर जान दिइएको छैन, लुटिएका हतियार बाहिर छन्, कैदीहरू बाहिर छन् यसबारेमा सरकारले के सोचेको छ ? कोइरालाले प्रश्न गरे ।
प्रतिक्रिया 4