+
+
Shares

निर्माणाधीन भरतपुर सिटी हलको निरीक्षणमा शहरी विकास मन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १९:०१
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधीन भरतपुर सिटी हलको निरीक्षण गरेका छन्।
  • सिटी हलको छाना डिजाइनमा समस्या आएपछि डेढ वर्ष निर्माण कार्य अवरुद्ध भएको थियो।
  • निर्माण कार्यको समयावधि २०८३ असार ११ सम्म थप गरिएको छ र २ हजार क्षमताको मुख्य हल हुनेछ।

४ पुस, काठमाडौं । शहरी विकासमन्त्री कुलमान घिसिङले भरतपुर चितवनस्थित निर्माणाधीन भरतपुर सिटी हलको शुक्रबार साँझ निरीक्षण गरेका छन् ।

२०७७ साल मंसिरमा सम्झौता भई २०७९ फाल्गुनमा सम्पन्न गर्ने गरी निर्माण सुरु गरिएको सिटी हल निर्माण कार्य सुस्त भएको पाइएपछि निर्माणाधीन हलको निरीक्षण गरेका हुन् ।

हालसम्म ६० प्रतिशत निर्माण कार्य सम्पन्न भएको उक्त सिटी हलको रुफ (छाना)को डिजाइनमा समस्या आएका कारण निर्माण कार्य करिब डेढ वर्ष अवरुद्ध भएको थियो । हाल रुफ(छाना)को संशोधित डिजाइन स्वीकृत भइसकेपछि निर्माण कार्य सुचारु भएको छ ।

निर्माण कार्यको समयावधि संशोधन गरी २०८३ असार ११ सम्म थप गरिएको छ । निर्माण सम्झौता  ८७ करोड ८८ लाख रहेको सिटी हलमा २ हजार जना क्षमताको मुख्य हल र ३०० क्षमताको सहायक हल सहित ७ वटा ब्लक रहनेछन् ।

मन्त्री घिसिङले मुख्य रुपमा रुफ संरचनाको डिजाइनमा भएको त्रुटीका कारण ढिला भएको पाइएको बताए । उनले सिटी हलको रुफ (छाना) संरचनाको निर्माण सँगसँगै अन्य संरचना निर्माणको कार्य पनि छिटो गर्न निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?