५ पुस, विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आगामी फागनु २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले निष्पक्ष, भयरहित वातावरणमा जनताले मतदान गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।
विराटनगर महानगरपालिका–६ मा आज कांग्रेसका नेता तथा कार्यकर्तासँग छलफल गर्दै उहाँले सरकारका साथै पार्टीका कार्यकर्ताले पनि निर्वाचनको वातावरण निर्माण गर्न आवश्यक सहकार्य र समन्वय गर्नुपर्ने धारणा राखे ।
त्रास र भयको वातावरणमा निष्पक्ष निर्वाचनको सम्भावना नहुने भन्दै उनले सरकारले यसका लागि विशेष पहल गर्नुपर्ने धारणा राखे ।
‘गत भदौ २४ गतेको जेनजी आन्दोलनका समयमा फरार रहेका पाँच हजार कैदीबन्दी करागार बाहिर छन् । प्रहरीबाट लुटिएका करिब पाँचदेखि सात हजार हतियार पक्राउ परेका छैनन्,’ कोइरालाले भने, ‘तसर्थ आमजनतामा त्रास र भयको वातावरण छ । यस्तो अवस्थामा सरकार, राजनीतिक दल, सरोकार भएका निकाय सबैले निर्वाचनको वातावरण बनाउन समन्वय गर्नुपर्ने हुन्छ ।’
नेता कोइरालाले कांग्रेस एक जिम्मेवार र जनचाहना अनरुप सञ्चालन हुने पार्टी भएकाले निर्वाचनको वातावरणसँगै पार्टीको महाधिवेशन सम्पन्न गर्नेतर्फ रहेको बताए ।
प्रतिक्रिया 4