+
+
Shares

पनौतीमा ‘भृकुटी’को जन्मघर र उद्यान बनाइँदै, १८ करोड बढी लागत

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते ८:५१
Listen News
0:00
0:30
🔊

६ पुस, काभ्रेपलाञ्चोक । राष्ट्रिय ‘विभूति’ ‘भृकुटी’को जन्मघर र उद्यान पनौतीमा निर्माण गरिने भएको छ । यसका लागि पनौती नगरपालिका कार्यालयले सरोकारवाला निकायसँग छलफल र अन्तक्रिया थालेको छ ।

भृकुटी स्मृति प्रतिष्ठानका अनुसार भृकुटीको उद्यानसहितको जन्मघर खोपासीमा बन्न लागेको हो । उक्त भौतिक संरचना निर्माणका लागि जिल्लापस्थित सहरी विकास तथा भवन कार्यालय, पनौती नगर, भृकुटी प्रतिष्ठान र कृष्ण इन्जिनियरिङ एन्ड डिजाइन कन्सल्टेन्सीले संयुक्त रूपमा छलफल थालेका हुन् ।

प्रतिष्ठानका अध्यक्ष विश्व उलकका अनुसार मल्लकालीन सबैभन्दा पुरानो मन्दिरलाई आधार मानेर चालु आर्थिक वर्षभित्रै वुद्धको अनुयायीका रूपमा स्थापित भृकुटीको उद्यानसहितको जन्मघर निर्माण सुरु गरिनेछ ।

बाग्मती प्रदेश सरकारले चालु आवमा रु एक करोड विनियोजन गरेको जनाइएको छ । परामर्शदाता इन्जिनियर पारस महतले प्रस्तावित भवन निर्माणस्थल, भवनको स्वरुप र लागत तयार पारेका छन् ।

उनका अनुसार भृकुटी जन्मघर निर्माणमा १३ करोड ३९ लाख र भृकुटी पार्क निर्माणमा पाँच करोड दुई लाख ४३ हजार लाग्ने अनुमान गरिएको छ । दुवै आयोजना सम्पन्न गर्न करिब रु २६ करोड आवश्यक पर्ने उनको भनाइ छ ।

भृकुटीको जन्म विसं ६८१ (सन् ६२४) माघ १ गते मकर सङ्क्रान्तिको दिन राजा उदयदेव र रानी भद्रावतीको कोखबाट काभ्रेको खोपासीमा भएको विभिन्न अध्ययनले पुष्टि गरेको छ ।

नगरप्रमुख रामशरण भण्डारीले पनौतीको ऐतिहासिक तथा धार्मिक महत्वलाई पनौतीमै महासत्व बुद्धको जन्म भएको तथा पनौतीको खोपासीबाट भृकुटी बुद्धको विवाह भई तिब्बत पुगेर बौद्ध धर्मको प्रचारप्रसार भएको इतिहासले बढाएको बताए ।

खोपासीमा भृकुटीको जन्मघर निर्माण हुँदा पनौतीमात्र नभई समग्र राष्ट्रकै हितमा रहने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?