+
+
Shares

आन्दोलन चर्किएसँगै बंगलादेशमा भारतीय भिसा केन्द्र बन्द

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते १४:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बंगलादेशमा भारतविरोधी आन्दोलन चर्किएपछि भारतीय दूतावासले चटगाउँस्थित भिसा केन्द्र अनिश्चितकालका लागि बन्द गरेको छ।
  • विद्यार्थी नेता उस्मान हादीको मृत्युपछि चटगाउँमा भारतीय उच्चायोग अगाडि धर्ना र सहायक उच्चायुक्तको आवासमा ढुंगा प्रहार भएको थियो।
  • पक्राउ परेका १२ जनालाई प्रहरीले लाठिचार्ज गरेर तितरबितर पारेको र सुरक्षा कारण देखाउँदै भिसा केन्द्र बन्द गरिएको छ।

६ पुस, काठमाडौं । बंगलादेशमा भारतविरोधी आन्दोलन चर्किएसँगै भारतीय दूतावासले भिसा केन्द्र अनिश्चितकालका लागि बन्द गरेको छ ।

भारतीय भिसा आवेदन केन्द्र (आईभीएसी) ले चटगाउँस्थित भिसा केन्द्र अनिश्चितकालका लागि बन्द गरेको हो ।

आईवीएसीले हालै चटगाउँमा भएको घटनाले सुरक्षा संवदेनशीलता बढेको भन्दै २१ डिसेम्बर (आज) देखि लागू हुनेगरी अर्को सूचना जारी नभएसम्म बन्द गरिएको जनाएको छ ।

बंगलादेशमा विद्यार्थी नेता उस्मान हादीको मृत्युपछि बिहीबार राति चटगाउँस्थित भारतीय उच्चायोगको अगाडि केही मानिसले धर्ना दिएका थिए ।

हादी गत वर्ष २०२४ जुलाई–अगस्टमा भएको विद्यार्थी आन्दोलनको एक अगुवा विद्यार्थी नेता थिए । उक्त आन्दोलनलाई शेख हसिना सरकारलाई सत्ताच्यूत गरेको थियो ।

सामाजिक सञ्जालमा भाइरल भएका विभिन्न भिडियोमा हादीको हत्यापछि बिहीबार राति कयौं मानिस जम्मा भएर सहायक उच्चायुक्तको आवासमा ढुंगा हानिरहेको देखिन्छ ।

 घटनापछि प्रहरीले लाठिचार्ज गरेर उनीहरूलाई तितरबितर पारेको थियो । प्रहरीले घटनास्थबाट कम्तीमा १२ जनालाई पक्राउ गरेको थियो ।

त्यसअघि १७ डिसेम्बरमा गत वर्षको जुलाई ओइक्या नामक एक समूहले ढाकामा भारतीय दूतावासको कार्यालय घेराबन्दी गर्ने घोषणा गरेको थियो ।

त्यसपछि सुरक्षा कारण देखाउँदै बुधबार दिउँसो जमुना फ्युर पार्कस्थित भिसा केन्द्र बन्द गरेको थियो ।

तर, ढाकास्थित भारतीय भिसा केन्द्र अर्को दिननै अर्थात् १८ डिसेम्बरमा पुन: सुचारु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?