+
+
Shares

रौतहट-१ बाट प्रतिनिधिसभा उम्मेदवार प्रत्यक्षतर्फ मुख्यमन्त्रीसहित ४ जना सिफारिस

नेपाली कांग्रेस रौतहट-१ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस गरिएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते १३:५३
Listen News
0:00
0:30
🔊

६ पुस, काठमाडौं । नेपाली कांग्रेस रौतहट-१ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस गरिएको छ ।

मधेस कांग्रेसका सभापति एवं मुख्यममन्त्री कृष्णप्रसाद यादवलाई पहिलो नम्बरमा राखेर नाम सिफारिस गरिएको छ । प्रत्यक्षतर्फ सिफारिस हुने थप तीन जनामा रामेश्वर प्रसाद यादव, नितेश कुमार गुप्ता र सन्तु यादव छन् ।

क्षेत्रीय समितिको निर्णयअनुसार समानुपातिकतर्फ बिन्दु साहनी, रामकपाल यादव, शान्ति देवी, भुवन गिरि क्षेत्री, शहनाज खातुन, निरजित सिंह, विवेक रवि र विजय सिंहको नाम सिफारिस गरिएको छ । जनजाति, मधेशी, महिला, मुस्लिम, अल्पसंख्यक तथा खुल्ला क्लष्टर गरी नाम सिफारिस भएको मधेसका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले जानकारी गराए ।

राष्ट्रिय सभाको उम्मेदवारका लागि चिरञ्जीवी प्रसाद सिंह (अल्पसंख्यक-खुल्ला) र नरेन्द्र पासवान (दलित) लाई सिफारिस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?