Listen News
0:00
0:30
५ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन् ।
शनिबार बिहान ९ बजे बैठक बस्ने गरी सभापति देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मालाई बोलाएका हुन् ।
सभापति देउवाले महाधिवेशनको कार्यतालिका, विधान मस्यौदा समितिलगायतका विषयमा छलफल गर्न शीर्ष नेताहरूलाई बोलाइएको बताइएको छ ।
कांग्रेसले २६–२८ पुसमा महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ । कार्यतालिकाअनुसार १६ पुसमा वडा अधिवशेन गर्नुपर्ने छ ।
कांग्रेसले निर्वाचन र क्रियाशील सदस्यता छानबिन समिति गठन गरे पनि हालसम्म विधान मस्यौदा समिति बनाइसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4