+
+
Shares

बाहाने पोखरी र राई संस्कृति चिनाउने ‘चाँदीको पाना’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते १५:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खोटाङको बाहाने पोखरी र राई संस्कृतिलाई चिनाउन मिसन सिबिरिगोले \'चाँदीको पाना\' नामक म्यूजिकल फिल्म सार्वजनिक गरेको छ।

खोटाङ जिल्लामा अवस्थित बाहाने पोखरी र राई संस्कृति चिनाउने उद्देश्यका मिसन सिबिरिगोले म्यूजिकल फिल्म सार्वजनिक गरेका छन् । उनको गीत तथा भिडियो ‘चाँदीको पाना’ गतसाता सार्वजनिक भएको हो ।

गीतमा मेलिना राई र सुरज पण्डितको स्वर रहेको छ । म्युजिकल फिल्ममा अरुण पुन मगर, मिसन सिबिरिगो, बिमला खाजुम, अमित मगर र स्वर्णिमा राईको अभिनय छ । भिडियोको छायांकन अनिल कृष्ण मानन्धरले गरेका हुन् ।

गीतमा बाहाने पोखरी वरपरको रमणीय दृश्य र स्थानीय जनजीवनलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई खोटाङतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको सिबिरिगोले बताए ।

‘चाँदीको पाना मार्फत आफ्नै माटोको सुगन्ध र कथा दर्शकसम्म पुर्‍याउने प्रयास गरेका छौं’ मिसन सिबिरिगोले भने, ‘हाम्रो संस्कृति फरक, मौलिक र अत्यन्तै महत्त्वपूर्ण छ ।’ यसबाट किरात राई समुदायको मौलिक संस्कृति, परम्परा र प्राकृतिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने लक्ष्य राखिएको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?