News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले विधान अनुसार स्वत: कारबाही भएका र अनुशासन समितिको कारबाही निर्णय भएका बाहेक सबैको क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ।
- सदस्यता व्यवस्थापन समितिले अनुशासन कारबाहीको औपचारिक निर्णय नभएका सबैको सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ।
- विगतमा नवीकरण नगरेका तर अहिले चाहना राख्ने व्यक्तिहरूको पनि सदस्यता नवीकरण गर्ने निर्णय भएको छ।
६ पुस, काठमाडौं । नेपाली कांग्रेसले विधान अनुसार स्वत: कारबाही भएका र अनुशासन समितिले कारबाहीको निर्णय गरेका बाहेक सबैको क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ ।
कांग्रेसको विधान अनुसार आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवार सहित प्रस्तावक र समर्थकलाई स्वत: कारबाही हुने व्यवस्था छ ।
सदस्यता व्यवस्थापन समितिको आइतबार बसेको बैठकले गरेको निर्णय अनुसार अनुशासनको कारबाहीका लागि तल्लो तहबाट पत्र पठाइएको तर औपचारिक निर्णय नभएको सबैको क्रियाशील सदस्यता नवीकरण हुने भएको छ ।
विगतमा नवीकरण गरेको तर पछिल्ला महाधिवेशनमा नवीकरण नगरेको र अहिले चाहना राखेको व्यक्ति भए नवीकरण गर्ने निर्णय गरिएको छ ।
सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली स्नेहीले भने, ‘जस्तै ११ औं, १२ औं महाधिवेशन अधि नवीकरण गरेको र छोडेको कोही व्यक्तिले अहिले चाह्यो भने नवीकरण गर्ने निर्णय गर्यौं ।’
केन्द्रीय अनुशासन समितिमा कारबाहीको उजुरी परेका तर निर्णय हुन नसकेका सबैको नवीकरण गर्ने निर्णय भएको केन्द्रीय सदस्य रसाइलीले जानकारी गराए ।
विगतमा जिल्लामा पुगेका तर त्यहाँबाट क्षेत्रमा नपठाइएको स्थानमा २५ प्रतिशत फारम नयाँ पठाउने निर्णय भएको सदस्यता व्यवस्थापन समितिले जनाएको छ ।
कतिपय स्थानम फारम जलेको र केही जिल्लामा सभापतिहरूले तल्लो स्थानमा फारम नपठाएको हुँदा अघिल्लो खारेज गरेर नयाँ पठाउने निर्णय भएको समितिले जनाएको छ ।
प्रतिक्रिया 4