केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्षमा निर्वाचित गर्दै नेकपा एमालेको एघारौं महाधिवेशन सम्पन्न भएको छ। यसले एमाले नेतृत्वमा पुस्तान्तरण र हस्तान्तरणको मुद्दालाई खारेज गरेको छ। संस्थापक इतरबाट एकदमै थोरै पदाधिकारी र सदस्य मात्र निर्वाचित हुन सफल भएका छन् । यसले एमालेमा अहिले पनि ओलीको मजबुत पकड छ भन्ने पुनर्पुष्टि भएको छ।
महाधिवेशन लगत्तै अध्यक्ष ओलीका आक्रामक अभिव्यक्ति आउन थालेका छन्। उहाँले एमाले नेतृत्वलाई चलाउन खोजे देश ठप्प पार्ने र यो सरकार ढाल्ने चेतावनी नै दिएका छन् । यसले फेरि देश मुडभेडतिर जाने त हैन भन्ने आशंका पनि बढाएको छ
के जाँचबुझ आयोगमा बयान दिन जाने विषयले ओलीलाई असुरक्षित महसुस गराएको हो ? प्राय संसद विघटनमा जान खोज्ने ओलीलाई यसपाली किन संसदको माया लागिरहेको छ ? यस्तै प्रश्नहरूमा केन्द्रित रहेर हिमालय टिभीको यक्ष प्रश्न कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निमेष बन्जाडेले गरेको संवाद :
भदौ २३ र २४ को जेन्जी आन्दोलन भनौं, विद्रोह भनौं वा तपाईंको भाषामा प्रतिक्रान्ति भनौं, त्यसयताको यो समय खासगरी पुराना दल र त्यसमा पनि पहिलो लेयरका नेताहरूका लागि त्यति अनुकूल समय अहिले पनि मानिएको थिएन। यस्तो विषम परिस्थितिमा पनि एमालेले एघारौं महाधिवेशन भव्य रूपमा सम्पन्न गर्यो। तपाईहरूले यो महाधिवेशनबाट दिन खोजेको सन्देश के थियो? त्यो पूरा भयो?
अहिले देशका विरुद्ध नै एउटा भयानक षड्यन्त्र भयो। जसको तयारी अलि अगाडि देखि हुँदै थियो। त्यो षड्यन्त्रको प्रकट रूप पोलिटिकल पार्टीहरूलाई खुइल्याउने, पार्टी सिस्टम, मल्टी पार्टी सिस्टम, डेमोक्रेसी, रिपब्लिकन स्टेट यी कुराहरूलाई नमान्ने, संविधान अस्वीकार गर्ने, नमान्ने यस रूपमा अभिव्यक्त भइरहेको थियो। र छिटपुट आन्दोलनका प्रयासको रूपमा पनि अभिव्यक्त भएको थियो। तर यो भाद्र २३-२४ मा आउँदा अलिकति फरक खालको स्थिति देखियो।
र हामीले यस्तो परिस्थितिमा यो भाद्र २३-२४ पछिको जुन प्रतिगामी, संविधान विपरित जाने, संविधान मिच्ने, सरकारै संविधान मिचेर बनाउने, संविधानको धारा अनुसार होइन। संविधान बाहिरबाट देखि देखिकन संविधानका धाराहरूलाई कुल्चिएर संवैधानिक बाटाहरू छन्। जोसुकै प्रधानमन्त्री भएपनि हामीलाई आपत्ति होइन तर संवैधानिक बाटाबाट जाउँ भन्दा त्यसलाई अस्वीकार गर्ने, संसद, जनताको सार्वभौम सत्ता, सार्वभौम जनताको सार्वभौम सत्ताको प्रतिनिधित्व गर्ने जनताबाट निर्वाचित सर्वोच्च जनप्रतिनिधि संस्था भंग गर्नु हुँदैन। त्यसलाई कायम राखेर जाउँ। त्यसबाट समस्या खोजेर जाउँ।
हामी पोलिटिकल पार्टीहरू हाम्रो राम्रो प्रतिनिधित्व छ त्यहाँ प्रमुख पार्टीहरूको, हामी लचिला भएर जान्छौ भन्ने संवैधानिक बाटो दिँदा दिँदै लोकतान्त्रिक बाटो दिँदा दिँदै समाधान तिर होइन परिस्थितिलाई जटिल बनाउने र देशलाई अप्ठ्यारोमा लाने जुन प्रयास भयो, त्यस अनुसारको सरकार बन्यो, त्यस अनुसारका क्रियाकलापहरू गरिए, अराजकता तर्फ देश धकेलियो। यस्तो अवस्थामा नेकपा एमाले छ, जिउँदै छ र जिउँदै रहने छ। नेकपा एमालेले आफ्ना अभिभारा पुरा गरेर छाड्ने छ। देशमा लोकतन्त्र मासिन दिने छैन, पुनर्बहाली गर्ने छ। विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्ने छ। असंवैधानिक सरकार अन्त्य हुनुपर्दछ र अभिलम्ब संवैधानिक ढंगले सरकार बनाइनु पर्दछ। हामीले भनेको अहिलेकै संविधानमा जस्ताको तस्तै भनेका छैनौं। संविधान संशोधन गरेर पनि त संवैधानिक बाटो छ नि त। संविधान संशोधन गरेर जाँदा पनि संवैधानिक नै हुन्छ। तर त्यसका लागि त पार्लियामेन्ट चाहियो।
अहिले जस्तो जेन्जीसँग सम्झौता भनिएको छ नि, संविधान संशोधन कसले गर्ने भनेर सम्झौता गर्या? संविधान संशोधन कसले गर्ने भनेको? आउने संसदले ओनरशिप लिने रे। दलहरूले मान्दिनु पर्यो रे। आउने संसदले ओनरशिप, आउने संसदको ठेका पनि अहिलेकै यो आर्टिफिसियल अनकन्स्टिट्युसनल गभर्मेन्टले आउँदो पनि लिने? जसको म्याद अब तीन महिना बाँकी छैन उसको यत्रो फुर्ती? तसर्थ यो अत्यन्तै धोकापूर्ण कुरा हो। सम्झौता धोकापूर्ण कुरा हो, व्यवहार धोकापूर्ण कुरा हो, निर्वाचन गराउँछौं भन्ने धोकापूर्ण कुरा हो। यी सबै धोकापूर्ण कुरामा चलाउन खोजिएको छ।
यस स्थितिबाट देशलाई शान्ति त देशमा छैन नि अहिले। त्यो शान्ति नभएको स्थितिलाई शान्तिपूर्ण अवस्थामा फर्काउने। अहिले त भयावह वातावरण छ। कोही पनि सुरक्षित फिल गर्दैन। उद्यमी, व्यवसायी खुद संचार माध्यमहरू धम्की आउँछ। यस स्थितिबाट देशलाई एउटा निर्भय वातावरणको अवस्थामा फर्काउने। लोकतन्त्रमा फर्काउने। संकल्पका साथ नेकपा एमालेको ११औँ महाधिवेशन आयोजना गरिएको हो। र त्यही सन्देश मुख्य रूपमा यसले दिएको छ भन्ने मलाई लाग्छ।
महाधिवेशनको चुनावी परिणाम हेर्दा झन्डै ७० प्रतिशत माथि तपाईंले मत प्राप्त गर्नुभयो। एमाले भित्र यति बलियो स्थितिमा अहिले पनि हुनुहुँदो रहेछ। तर यो महाधिवेशन भन्दा अगाडि फेरि सर्वसम्मत, सर्वसम्मत, सहमति भनेर किन जोड गरिरहनु भएको त?
त्यो मैले गर्ने प्रयास हो अध्यक्षको हिसाबले। पार्टीलाई एकताबद्ध बनाएर लानु पर्छ भनेर। पार्टी भित्र कुनै पनि इस्सु थिएनन्, छैनन्। इस्सु थिएन अब अनेक प्रकारका इस्सुहरू आर्टिफिसियल्ली निकाल्न खोजियो। कृत्रिम ढंगले विभिन्न विषयहरू निकाल्न खोजियो। जस्तो विद्या भण्डारीको सदस्यता, जस्तो अध्यक्ष अति अनपपुलर भयो, बोकेरै जान सकिदैन, तत्काल राजीनामा गर्नु पर्यो, पार्टी अध्यक्ष बाट राजीनामा गर्नु पर्यो किनभने कार्यकर्ता अध्यक्षको नामै सुन्न मान्दैनन् अथवा एमाले असुरक्षित भयो। एमाले असुरक्षित भयो त्यसकारण हट्नु पर्यो, पाँच सात जना मान्छेहरू त्यति मात्रै कामले हेर। यो छाडेर काम सारा म घुमिरहे छु एउटै मान्छे खोजिरहे छु भने जस्तै सारा सारा काम छोडेर केपी ओलीलाई अध्यक्ष हटाउ भन्ने जो विरोधीहरूको माग हो, चाहना हो, इच्छा हो त्यही कुरा बोकेर कुनै खालको केही समूह निस्कियो।
पार्टीभित्र पार्टी भित्र र बाहिरको त्यो अस्तिको २३ र २४ जे भयो त्यसले पनि यो माग गर्यो नि।
त्यसले यो माग गरेन। त्यस बहाना त्यसलाई बहाना बनाएर माग उठाउन खोजियो, बनाउन खोजियो। शेरबहादुर जीको उमेर अवस्थाले पनि उहाँले छोड्ने इच्छा नै गर्नुभएको थियो। र विधानतः पनि उहाँको विधानतः पनि त्यो जाने एक्जिट थियो। लागेको यति कराउनु पर्ने आवश्यकै थिएन। मेलमिलापका साथ कांग्रेसले महाधिवेशन आयोजना गरेर विधान बमोजिम उहाँलाई विदा गर्दा त हुन्थ्यो। धारे हात लाएर शेरबहादुर कि शेरबहादुर भनेर सत्तो सराप गर्नु पर्ने कुनै आवश्यकता थिएन। उहाँ त हट्दै हुनुहुन्थ्यो। यो त कल्चरको कमी मात्रै हो। अब जो मान्छे हट्दै छ नि उसलाई सम्मानजनक ढंगले हट्न दिए हुँदैन? अनि धारे हात लाएर सरापेर गर्नु पर्छ? त्यो नै आवश्यक थिएन। त्यहाँ एउटा स्वभाविक प्रक्रियाबाट जाने स्थिति थियो। जबसम्म जाँदैन अहिले पनि सभापति उहाँनै हो। छदै हुनुहुन्छ। लिडरशिप फेरि यहाँ छैन। उहाँ जतिबेला घाइते हुनुभयो, उहाँ माथि भौतिक आक्रमण भयो। त्यतिबेला उहाँले कार्यवाहक अर्कोलाई दिनुभयो पूर्णपासेलाई, त्यो त अब उहाँले कसैलाई दिनै पर्ने अवस्था बनेको थियो, सभापति उहाँ नै हुनुहुन्छ।
प्रचण्डजीले ‘मैले अध्यक्ष छोडे, म अब त्याग गर्न तयार छु, मैले नेतृत्व छोडे’ अब भन्नुभयो। कतिको पत्याउनुभयो भन्नुभयो कि अध्यक्ष छोडे भन्नुभयो?
अहिले नेतृत्व छोडे, अध्यक्ष छोडे अनेक भन्नुभयो उहाँले। अहिले उहाँले के भन्नुभएको छ भने सिफारिस गर्दा जेनजी नपरिकन हुँदैन, जेनजी पर्नु पर्छ। यो सबै हास्य शब्द कुरा हो। उहाँ चाहिँ अ चुनावमा जेनजी भन्ने कुरा हुँदैन। चुनावमा जानै सक्दैन, प्रचार गर्न सक्दैन, हिड्नै सक्दैन, स्वास्थ्य खराब छ, ज्यादै बुढो भएको छ भने वार्धक्यमा चुनावमा जाई जान सक्दैन होला त्यो एउटा कुरा हो। अदरवाइज उमेर पुगेका संविधानले उमेर पुगेको छ लड्न भनेर जेन्जीलाई पनि त दिएको छ नि। दिएको छ। तर चुनाव जित्छ जित्दैन, कति के छ, भोलि सांसद भएर भूमिका खेल्छ खेल्दैन, जेन्जी भनेर मात्र त हुँदैन नि। र जेष्ठ नागरिक भनेर सबै पोलिटिकल्ली लिड गर्न चाहिँ सक्षम हुन्छन् भन्न पनि त सकिन्न नि। त्यसकारण यस्तो कुराहरूलाई एउटा नियमको रूपमा होइन के व्यवहारिक रूपमा के गर्नु पर्छ गर्नु पर्ने। अब उहाँले उहाँसँग उपाध्यक्ष थिए, महासचिव हुँदा हुन्, अरू पदाधिकारी उपमहासचिव हुँदा हुन्, सह महासचिव हुँदा हुन् के के थिए उहाँका सचिव हुँदा हुन्, तिनीहरूको अधिकार थियो होला। त्यो सबै अधिकार आफ्नो हातमा लिनुभयो आफूलाई संयोजक भन्नुभयो। अब मैले अध्यक्ष छोडे है भन्नुभयो। अब यो नेपाल यस्तो मजाको देश छ। यस्तो कुरामा पनि ढाँटिन्छ।
तर प्रश्न गर्नेहरूले प्रश्न त तेर्साइरा छन् प्रचण्ड जीलाई पनि। कोहि कोहि एक दुई जना होलान् नत्र भने तपाईले कतै हजुर छल त गर्दै हुनुहुन्न यो संयोजकको नाममा भनेर प्रश्न त छ त्यता पनि?
प्रश्न नगरे। यो प्रश्न गर्ने नै विषय होइन नि। उत्तरै समेत आएको हो। उहाँले आफूमा सम्पूर्ण शक्ति केन्द्रित गर्नुभएको छ। एक्लै हुनुभएको छ लिडरशिपमा। कोहि नेपाली कांग्रेसले सभापति भन्छ। हामी अध्यक्ष भन्छौ। उहाले संयोजक भन्नुभो। मंगसिरमा महाधिवेशन गर्छु भन्या होइन? कति सालको मंगसिर चै भन्नुभो छैन उहाले याद गर्नुहोला। है, उहाले डिक्लेर गर्दा मंगसिरमा महाधिवेशन गर्छु र हस्तान्तरण गर्छु के के, अब मलाई इच्छा छैन के के भन्नुभो। ‘ओके’ भनेको।
नेपाली कम्युनिस्ट पार्टीमा पनि नेतृत्वको त्यो स्थिति छ, नेपाली कांग्रेसमा त्यो सिन छ र एमालेमा पनि यो सिन जोड्न खोज्दै हुनुहुन्थ्यो तपाईले केही मान्छेले मेरो विरोध गरे भनेर हामी त्यता तिर गाथ्यौ। अब प्रश्न थियो मेरो, तपाई यति धेरै बहुमतमा हुदा हुदै पनि किन सर्वस्वीकार्यता खोज्दै हिड्नु भाथ्यो? सिधै सुरुमै गइदिएको भए त जानै सक्दैनथ्यो?
नतिजा यही हो। नतिजा यो हो। जब यो नतिजा हो भने यो नतिजा त प्रकट भयो नि। इलेक्सन गरियो। शान्त ढंगले सबैको सहमतिका साथ इलेक्सन गरियो। अब यही परिणाम आउनु छ भने कोहि चित्त दुख्ने गरि, कोहि पछि पर्नु पर्ने गरि किन गर्ने? पार्टी एउटा अनुशासनको एउटा प्रतिको। पार्टी समाज बन्न पनि अनुशासन। जब प्राणीबाट अनुशासनमा गयो नि मान्छे तब समाज बन्यो। प्राणी मात्र हुदा त अनुशासन हुदैन नि। जब प्राणीमा अनुशासन आउछ नि त्यो समाज बन्ने प्रक्रियाको कुरा हो। समाज बन्यो त्यहाँ अनुशासन, सामाजिक अनुशासन चाहियो। त्यसमाथि पोलिटिकल पार्टी बनेपछि त त्यसमा पोलिटिकल पार्टीका अनुशासन चाहिए। धार्मिक संस्थाहरूमा पनि अनुशासन हुन्छ। अरू संस्थाहरूमा पनि अनुशासन हुन्छ। संस्था बनेपछि सामाजिक अनुशासन भन्दा फरक त्यो लगायत तर त्यो भन्दा फरक संगठनात्मक अनुशासन पनि हुन्छन्।
तब मात्रै संगठन हुन्छ। तब मात्रै पार्टी बन्छ। पार्टी भनेको टिम ब्याण्डको होस् कि अर्केस्ट्राको होस कि, खेलाडीको होस कि, पोलिटिकल विचारको होस कि, टिम पार्टी बन्यो। टिम भनेको अनुशासन नभईकन तपाई फुटबलको मैदानमा एउटाले उता हान्ने, एउटाले उता हान्ने ने। त्यो त बच्चाबच्ची लगेर चाहिँ नि बकुण्डो हान्न लागेको जस्तै हुन्छ नि। एउटाले उता हान्दिन्छ, एउटाले उता हान्दिन्छ। त्यो त होइन त पार्टी भनेको। त्यसकारण पार्टी अनुशासित ढंगले चलोस्। पार्टी भनेकै एउटा विचारमा, एउटा आदर्शमा एक ठाउँमा आउने कुरा हो। भनेपछि त्यहाँ एकता चाहियो। एकताबद्ध ढंगले चलोस्। पार्टी एउटा उद्देश्यमा हुन्छ। त्यसले आफ्ना उद्देश्य पुरा गर्न सक्रियता राख्नु पर्छ। सक्रिय भएर चालोस्। एउटा उद्देश्य प्राप्त गर्नु पर्छ भने सबैले संयुक्त प्रयास त्यही उद्देश्य प्राप्त गर्नका लागि गर्नु पर्यो, भनेपछि एक धारमा आन्दोलन अगाडि बढोस्, हामीले गर्न खोजेको कुरा त्यही हुन्छ।
प्रतिस्पर्धाले विभाजनको रेखा कोरिन्छ भन्ने नै हो घुमाई फिराई?
अ, नकोर्दा कोरिदैन। किनभने आठौं महाधिवेशनमा जसरी होस् बाकस साटेर होस् कि, धादली गरेर होस् कि… त्यतिबेला त बाकसका बाकस साटेर साट्दा साट्दै कुदाउँदा कुदाउँदै समातिएका हुन् नि बाकसहरू। त्यो गरेर म पराजित घोषणा गरिए। यति ज्यादती भएको थियो। बिहान ९६० ल्याएको थियो काशीनाथ अधिकारी जीले भोट बिहान गन्दा। बेलुका सम्म गन्दै जाँदा खेरि ६४० आयो भनेर, ६४४ आएको लाई जिताउनका लागि बिहानै ९६० भोट त बिहानै ल्याइसकेको, गन्दा मैले सुनेको पछि बेलुका सम्म पुग्दा ६४० भनेर घोषणा गरियो। यस्ता काम गर्दा खेरि पनि हामीले पार्टी फुट्न दिएनौं। पार्टी फुटाउन हुँदैन भन्यौं। तर अहिले मैले पार्टी विश्वस्त हुनुहुन्छ अब पार्टीमा एकता नै कायम छ।
उहाँहरूले भन्नुभएको छ र तपाईंले पनि आफ्नो सम्बोधनमा भन्नुभएको छ अब यो सबै कुरा हामी बिर्सिसक्यौं, अस्ति अस्ति के-के प्यानल भए, के-के स्वतन्त्र प्रतिस्पर्धा भए, यो सबै बिर्सियो। अब एउटै भयो भन्नुभएको छ। तर फेरि ईश्वर पोख्रेल जी कार्की बैंकटमै बसेर बैठक गरिरहनुभएको छ।
उहाँहरूले (ईश्वर पोखरेल पक्ष) एउटै बैठक गर्नुभएको छ। त्यो एउटै बैठकका हकमा नकारात्मक ढंगले लिनु पर्ला जस्तो लाग्दैन। किनभने बैठकबाट अरू बैठक थपिदै जाने त हो?
त्यो मलाई लाग्छ थपिदैन। किनभने अहिले उहाँले साथीहरूलाई संयमित हुन, परिणाम स्वीकार्न, अब एकताबद्ध भएर पार्टीमा काम गर्न, सबैलाई निर्देश गर्नका लागि एउटा प्यानल वाइज हिजो भयो। अ, हिजो गरियो। अब त्यस कुरामा त्यसलाई निरन्तरता दिनु हुँदैन र मिलेर जानु पर्छ भन्नका लागि भेला गरेको हुन सक्छ। त्यसकारण यसमा अहिले नै अन्यथा ठान्नु पर्दैन। मैले उहाँहरूले के भन्नुभयो, कसो गर्नुभयो त थाहा पाएको छैन। उहाँहरू अहिले भेला गर्दै नै हुनुहुन्छ भने भर्खर मैले पनि थाहा पाएको थिए। उहाँहरू कार्की ब्याङ्क्वेटमा भेला गर्दै हुनुहुन्छ।
त्यो भेला सकारात्मक उद्देश्यका लागि नै होला भन्ने तपाईंको अपेक्षा र मेरो विश्वास पनि छ। किन उहाँहरूले “पार्टी कुनै पनि हालतमा फुटाउँदैनौं र फुट्न दिँदैनौं, परिणाम जे सुकै होस्” भनेर पहिले पनि भन्नुभयो, त्यो महाधिवेशनको क्रममा पनि भन्नुभयो। त्यो चाहिँ पटक-पटक भन्नुभएको छ। “यो आन्तरिक लोकतन्त्र हो, प्रतिस्पर्धा हो, हामी प्रतिस्पर्धामा भाग लिने मात्रै हो, हामीले हार स्वीकार्छौं” भन्नुभएको छ। कहिले पनि… अब त्यसो भएर त्यसलाई अविश्वास गर्नु पर्ने केही पनि छैन। यो राम्रै प्रयोजनका लागि गरिएको होला।
अ, अब मैले गर्न खोज्ने युनिटी यति सबै एक्सरसाइज नै गर्नु पर्ने थिएन। यदि ईश्वर कमरेड चाहिँ मेरा विरुद्ध नउठ्नु भएको भए थुप्रै कुरामा सहजता हुन्थ्यो। उहाँले आफ्नै प्यानल खडा नगर्नु भएको भए थुप्रै कुरामा सहजता हुन्थ्यो।
के कुरामा सहजता हुन्थ्यो? अब के कुरा उहाँलाई असहज हुन्छ?
यो त गम्भीर कुरा भएको हुन्थ्यो। होइन, उहाँ वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो। अब केन्द्रीय वरिष्ठ हटेको होइन र? उहाँ आफैं साइड भएर राखिदिन्थ्यो। अ, उहाँले नै त्यो परिस्थिति निर्माण गरेको हो। त्यसकारण त्यो फेरि संशोधन भइसकेको र संशोधन गर्न नसकिने कुरा थिएन। त्यसलाई हेरफेर गर्न सकिन्थ्यो। अ, मैले सँगै जान सक्ने उपाय खोज्नुस्, तरिका खोज्नुस्, खोजौं भनेको थिएँ। उहाँहरूले रुचि राख्नु भएन। त्यो वरिष्ठ उपाध्यक्ष बाहेक अरूले पनि के के पाउनुहुन्थ्यो, सँगै मिल्दा खेरि त अवश्य पाउनुहुन्थ्यो रे, जसले अहिले गुमाउनु भयो उहाँहरूले पनि पाउनुहुन्थ्यो। पाउनुहुन्थ्यो नि।

ओके, अब यो दुई वटा प्यानल जसरी प्रतिस्पर्धा भयो अधिकांश त तपाईकै प्यानल बाटै जित्नु भयो। दुईजना पदाधिकारी ईश्वर पोख्रेल जी को प्यानल बाट तपाईं हरूको प्यानल को ढोका फोडेर भित्र आउनु भयो। कतिपय नेताहरू तपाईं कै पक्ष का नेता हरू भनौं या संस्थापन पक्ष का नेता हरू ले के भनेको सुन्यौं भने “हाम्रो पक्षबाटै जिताउनु पर्छ भनेर मात्रै हो उहाँहरूलाई जित्ने स्थिति आएको नत्र त हाम्रो क्लिन स्वीप नै हुन्थ्यो” भन्नुहुन्थ्यो। यो सत्य हो?
हैन, मतदाता र अरू नेताहरूले पनि त्यस रूपमा लिएको भए त क्लिन स्वीप हुन्थ्यो नै। तर अब प्रतिनिधि साथीहरूले पनि त्यस रूपमा लिनु भएन। क्लिन स्वीप गर्न चाहनु भएन। र परिणाम जे आयो त्यो यस प्रकारको आयो।
भनेपछि यताबाट पनि सहयोग भएको कुरा चाहिँ सत्य हो?
अ, म बाट सहयोग भएको होइन। म बाट होइन। मैले एउटा लिस्ट दिने, एउटा प्यानल दिने, अनि त्यसमध्ये यसलाई भोट नहाल्नु, यसलाई चाहिँ हाल्नु भनेर फेरि अर्को कुरा गर्न मिल्दैन। म त्यो खालको मोरलको मान्छे होइन। मैले जे भन्छु त्यो गर्छु। मैले “यो योलाई भोट दिनु” भनेपछि त्यही गरे। तर अ मतदाताहरूको के रह्यो भने केही मिक्स गरेर… अब प्यानल दुइटा बनिसकेपछि मैले अर्को प्यानलका मान्छे त राख्ने कुरा भएन नि त, राख्न मिलेन नि त मैले। त्यसो भएपछि उहाँहरूको प्यानल उहाँहरूले उठाउनु भयो। अब त्यो चाहिँ मतदाताले मिलेर सन्तुलन गराउने कुरा भयो। त्यो चाहिँ प्रतिनिधिको कुरा रहेछ।
यो “पराजित हुनेहरूले माधव नेपाल र भीम रावल जस्तै नछोड्नु होला” भनेर तपाईले जो महाधिवेशन अगाडि नै भन्नुभएको थियो नि, अब ईश्वर पोखरेलहरूले पार्टीमा बसेर कसरी काम गर्लान्? सुरेन्द्र पाण्डेहरूले पार्टीमा बसेर कसरी काम गर्लान् भनेर चाहिँ मान्छेले बडो चासो पूर्वक हेरेका छन्। यसको सम्बोधन के हो?
एउटा कुरा, शेरबहादुर जीको विरुद्ध अघिल्लो महाधिवेशनमा, कांग्रेसको अघिल्लो महाधिवेशनमा कोही उठेको थियो नि हैन?
को उठेको थियो? शेखर जी नै हुनुहुन्थ्यो, शेखर जी उठ्नुभएको थियो। हजुर शेखरजी उठ्नुभएको थियो। अहिले फेरि उठ्न खोज्दै हुनुहुन्छ।
अ, उठ्न खोज्दै हुनुहुन्छ। शेखरजीले पार्टी छोड्नुभयो र? त्यो अरू पार्टीको त धेरै आउला नि त्यसरी त। “त्यो जो उठ्यो जो हार्यो त्यसले पार्टी छोड्ने” हो भने पार्टी छोड्नलाई निउ खोजेको हो त उठ्नु भनेको? लोकतान्त्रिक अभ्यास गरेको होइन, पार्टी छोड्नलाई बहाना बनाएको हो चुनाव लड्ने भनेको? भन्ने अर्थ लाग्ने भयो। अवश्य हो नि। पराजित भए त्यसकारण हट भनेको त “डेमोक्रेसी अफाप भयो, डेमोक्रेसीलाई डाइजेस्ट गर्नु हुन्न” भन्ने कुरा भयो नि त। माधव नेपाल जीहरूले डेमोक्रेसीलाई डाइजेस्ट गर्नु भएन। एउटा महाधिवेशनमा पराजित भएपछि अर्को महाधिवेशन भन्दा बिचैमा बेसरी निउ खोज्नुभो। बिचैमा निउ खोज्नुभो। पराजित भएपछि अर्को महाधिवेशन देख्दै देख्नुभएन। बिचैमा पार्टी फोड्नुभो त, सरकार ढाल्नुभो, उपद्रो मच्चाउनुभो नि। त्यसो भएर, यो चाहिँ लोकतान्त्रिक अभ्यास नभएको, लोकतान्त्रिक मूल्य मान्यता नभएको कुरा हो। तसर्थ त्यस बाटोमा साथीहरू जानुहुन्छ, यति अनुभव हासिल गरेका साथीहरू त्यस बाटोमा जानुहुन्छ भन्ने लाग्दैन मलाई।
किन शेखर जी पराजित हुनु भएको हो त नेपाली कांग्रेसमा सभापति लडेर। कहिले पनि पार्टी छोड्छु भन्नु भएन, केही गर्नु भएन। तर त्यहाँको कल्चर र एमाले कल्चर त फरक छ हेर्नु।
हैन, डेमोक्रेसीको मामलामा त एमाले अरू भन्दा अगाडी छ त। यति शानसँगले महाधिवेशनको आयोजना, यति शान्तपूर्ण, यति निर्विवाद, यति गजब १००% नो डाउट। एमालेले अहिले लोकतान्त्रिक प्रतिस्पर्धाको अभ्यास त यति सुन्दर रूपमा गर्यो नि, जसले यो तपाईंहरू माथि प्रश्न उठाएका थिए त्यसका लागि त दरिलो झापड भयो।
यो सभ्य र भव्य रूपमै महाधिवेशन सफल भयो, नो डाउट त्यसमा। तर पनि जो हारेकाहरूलाई अब गरिने डे-टु-डे र कोठा-कोठाका व्यवहारले कस्तो परिणाम निकाल्छ भन्ने तिर मान्छेको चासो होला। अब उहाँहरूले जिम्मेवारी के पाउनुहुन्छ त त्यसोभए भन्ने कुरा रहेछ।
म उहाँहरू भन्दा सबै भन्दा पुरानो हुँ। र एउटा नयाँ आन्दोलनको सुरुवात गरेर आएको मान्छे हुँ। यहाँसम्म नयाँ आन्दोलनको सुरुवात गरेपछिका यी ५५ वर्षहरूमा पनि जो-जो साथीहरू यस अभियानमा सामेल हुँदै जानुभयो, संगठित हुँदै जानुभयो, मैले उहाँहरूसँग सहकार्य गरेकै छु। समेटेकै छु। यो भन्दा अगाडि पनि त समेटेकै हो नि। मैले त पार्टी एकता, एकीकरण गर्दा गर्दा दुई तिहाईमा पुर्याएको थियो नि त सर। लगभग दुई तिहाईको स्थितिमा नेकपालाई पुर्याएको थियो त। तर उहाँहरू नै निउ खोजेर बीचैमा तोड्नुभयो। दुई तिहाई पुगेको गौरवपूर्ण स्थितिलाई उहाँहरूले सहनु भएन। लोकतान्त्रिक अभ्यास डाइजेस्ट गर्न सक्नु भएन। राष्ट्रिय स्वार्थ वा पार्टी स्वार्थ भन्दा व्यक्तिगत स्वार्थलाई माथि राख्नु भयो । अहंकार र इगोलाई माथि राख्नु भयो साथीहरूले।
तपाईंले उहाँहरूको सम्मान कसरी गर्नुहुन्छ?
हैन, मैले यथोचित सम्मान त उहाँहरूको व्यवहार, उहाँहरूको काम, पार्टीमा बसेर उहाँहरूले पार्टीको पक्षमा काम गर्ने बित्तिकै… माधव नेपालहरूको शैली हुनुभएन, अरूको शैली हुनुभएन। भीम रावलले कहिले पार्टीको पक्षमा, चुनाव हारेको मिति देखि पार्टीको पक्षमा कहिले एक शब्द बोल्नु पर्यो? सधै विरोध, सधै विरोध, सधै विरोध। अनि उहाँले पाएको जिम्मेवारी स्वीकार गर्नु भएन।
थप जिम्मेवारीका लागि उहाँले यथोचित जिम्मेवारी कसरी प्राप्त गर्ने त्यस कुरामा आउनु भएन। मैले गर्न सक्ने सम्मको जिम्मेवारी त मैले कन्जुसाइ नगरिकन दिन सक्छु।
भनेपछि जिम्मेवारी पुरा गर्दै गयो, काम पार्टीमा गर्दै गयो भने सम्मान पाउँदै जाने कुरा पनि भयो। तर पार्टी अनुशासन र पार्टी नीति भन्दा विपरित चल्न गयो भने चाहिँ त्यो त्यसै गरेर पहिलाको जस्तै घटना पनि घट्ने भयो। हैन त ?
अब ताजुब के भने अस्ति उम्मेदवार हुन्न भनेर, म सक्रिय राजनीतिमा संगठनिक जिम्मेवारी लिएर काम गर्दिन भनेर, अब मैले एक ढंगले भन्ने हो भने रिटायरमेन्ट लिएँ भनेर त्यत्रो बन्द सत्रको शुभारम्भमै भन्नु भएका साथीहरू आजको भेलामा देख्दा खेरि चाहिँ म अलिकति आश्चर्यचकित भएँ। युवराज ज्ञवाली नै जानुभएको छ क्यारे !
हामीले महाधिवेशनमै उहाँलाई अत्यन्तै आदर र सम्मानका साथ बिदाई गर्यौं। उहाँको इच्छा अनुसार नै हामीले अब म काम गर्दिन, म उम्मेदवार पनि हुन्न, म चुनाव लड्दिन, संगठनात्मक जिम्मेवारी म लिन्न, अब तपाईंहरूले गर्नुस् भनेर जिम्मा लगाएको मान्छे, हामीले सम्मान गरेर प्रशंसा गरेर विदाई भव्य ढंगले गरेको मान्छे, फेरि आज त्यो भेलामा जानु पर्ने आवश्यकता चाहिँ थिएन । उहाँ किन जानुभयो ?
अर्को कुरा के भने, म विश्वास गर्छु कि यो राम्रै मनसायले बोलाएको होला तर पदाधिकारीमा निर्वाचित साथीहरूले अरूलाई त छोड्देउ, अध्यक्षलाई समेत कुनै जानकारी नदिइकन किन त्यो त हाम्रो बोलचाल त बन्द भएको त छैन?
सँगै काम गर्ने हो, एउटै कमिटीमा हुनुहुन्छ उहाँहरू। गोप्य ढंगले जान खोज्या हो भने अघि नै लाइभ दिइसक्यो। मेसेज दिइसक्यो, समाचार आइसक्यो सबै। भने गोप्य पनि रहने कुरा भएन। उहाँहरूको सहभागिताको फोटो आइसक्यो। गोप्य पनि होइन। जानकारी नै नदिइकन उहाँहरू किन जानुभयो ?
अध्यक्षलाई पनि दिनुभएन, अरूलाई त झन् दिने कुरै भएन। भने यी केही अब उहाँहरूको तरिका नपुगेको कुरा होला।
तरिका नपुगेको पुग्यो कि पार्टी अनुशासन सुरुकै दिनमा तोडिई सक्यो?
यो दुइटा मध्ये केही त हो। तर म यसलाई अनुशासन तोडेर एउटा वातावरण बिगार्ने सुरुवात गर्नुभएको हो भन्ने भन्दा पनि उहाँको तरिका नपुगेको होला । र पार्टीमा कुनै प्रकारको नोक्सान पर्ने खालको काम उहाँहरूले गर्नुहुन्न भन्ने त्यहि विश्वास मलाई अहिले छ।
यही सन्दर्भमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई तपाईंको तर्फबाट केही लेटेस्ट म्यासेज छ?
होइन, केही छैन। उहाँले बीचमा पूर्व राष्ट्रपति आउँदा पनि जसरी आउनुपर्थ्यो एउटा निर्विवाद ढंगले र उहाँ जसरी आउनुपर्थ्यो त्यसरी आउनुपर्यो, होइन । र मदन भण्डारी फाउन्डेसन मैले नै खोलेको थिएँ । त्यसको स्थापना मैले नै गरेको थिएँ यथार्थमा। त्यसमा कसलाई अगाडी राखियो, कसलाई प्रस्तुत गरियो त्यो बेग्लै कुरा होला । र त्यसको बेसिक कुरा नै के हो भने यो कुनै पनि दलको पक्ष विपक्षमा हुँदैन, कसैको आलोचना गर्दैन र नेकपा एमालेका विरुद्ध कुनै प्रकारको क्रियाकलाप पनि गर्दैन, गर्न दिँदैन। त्यसको अहितमा हुने गरी, त्यस भित्र विवाद हुने गरी, त्यो विवादमा पक्षधरता हुने गरी केही पनि काम गर्दैन।
अहिले मदन भण्डारी. हिरक जयन्तीका नाउमा कार्यालय खोल्ने, एमालेको एउटा असन्तुष्ट पक्ष वा गुटलाई त्यसको कार्यालय र गतिविधिको केन्द्र बनाउने जस्ता खालका जुन काम भए, त्यो मदन भण्डारीको विचार, जनताको बहुदलीय जनवादको उद्देश्य र त्यसको मर्म विपरीत चल्ने कुरा भयो।
अब यस कुराले मदन भण्डारी फाउन्डेसनको बारेमा कुरा कसरी चल्ने भन्ने कुरा चाहिँ आउने भो। किन पार्टी त मदन भण्डारी फाउन्डेसनको सहि ढंगले रक्षा गर्नु पर्छ नै, त्यसको कार्यान्वयन गर्नु पर्छ नै। त्यसकारण यस्तो छिटपुट कुरालाई, छिटपुट ढंगले चल्ने विरोधहरूलाई मदन भण्डारी विचारको कार्यान्वयन या तदनुसारको गतिविधि भनेर त मान्न सकिने ठाउँ त छैन। त्यसो भएर यसमा हामीले अलिकति गम्भीर ढंगले सोच्नु पर्ने परिस्थिति आउने भयो ।
त्यो भनेको ?
उहाँहरू यो जे भयो यो क्रियाकलापलाई ठप्पै रोकेर, मदन भण्डारीको विचारको रक्षक र कार्यान्वयनकर्ता एमालेको पक्षमा त्यो लागोस-नलागोस तर विपक्षमा चै लाग्दिन भन्ने त्यसको कमिटमेन्ट चाहियो। त्यसको त्यो कमिटमेन्ट होइन भने त्योसँग नाता टुट्छ। किनभने मदन भण्डारीको नाउमा कसैले बिजनेस गर्छ भने हामीलाई मतलब हुँदैन।
अब उहाँको सदस्यताको आश गर्ने समय सकिएको हो कि अझ बाँकी छ?
यस सम्बन्धमा मैले धेरै पल्ट बोलिसकेको हुनाले अहिले केही धेरै नबोलौँ। उहाँले सदस्यताका लागि आवेदन गर्नु भएको छैन पार्टीमा। प्रश्न त्यो हो।
पाउनुहुन्छ कि पाउनुहुन्न आवेदन दर्ता गर्न?
आवेदन दर्ता गर्न किन नपाउनु? हाम्रो केन्द्रीय कमिटीको नवौं बैठकले यस विषयलाई दुइटा कुरा भन्यो। एउटा राष्ट्रपति भइसकेको व्यक्ति सम्मानित, राष्ट्रकै सम्मानित व्यक्ति पोलिटिकल तानातानी, रसाकसी, वाद-प्रतिवादको खिचलोमा पर्ने हुन्न। माथि बस्नु पर्छ। अहिलेको यस्तो परिस्थितिमा सबै पक्षका बीचमा समन्वयकारी भूमिका खेल्न सक्ने सक्रिय उमेर र त्यो व्यक्तित्व उहाँको थियो। उहाँले यतिबेला धेरै ठूलो भूमिका खेल्नु पर्थ्यो ।
पूर्व राष्ट्रपतिहरूले ?
अब त्यसमा पनि विद्या भण्डारीको चर्चा चलेको हुनाले उहाँले खेल्नु पर्थ्यो। तर उहाँ त्यो खेल्न सक्ने अवस्थामा पनि हुनुहुन्थ्यो तर उहाँले त्यसो गर्नु भएन। अब पक्ष विपक्ष पनि पार्टी भित्रको पक्ष-विपक्षमा उहाँ पस्नुभयो।
भनेको उहाँको व्यक्तित्व त्यो झन् न्यारो डाउन हुँदै, साँघुरो…
न्यारो डाउन मात्र होइन नि। उहाँको सुरुवातै एमाले नेतृत्वको विरोध, एमालेको पार्टीको विरोध, एमालेको संस्थाको विरोध, एमालेले लिएका नीतिहरूको विरोध, एमालेले गरेका कामहरूको विरोध, त्यसबाट सुरु भयो त उहाँको। “म एमाले पस्छु र अध्यक्ष हुन्छु” भन्ने कुरामा “जनताको बहुदलीय जनवादको कार्यान्वयन भएन, म गर्छु” भन्ने कुराबाट सुरु भयो। उहाँले पारिवारिक उत्तरदायित्वलाई राजनीतिक उत्तरदायित्व ठान्ने तहको सोचमा भूल गर्नु हो, गल्ती गर्नु हो।
उहाँको सदस्यता नवीकरण हुन सक्दैन। नवीकरण हुन सक्दैन, निरन्तर हुन सक्दैन। किनभने उहाँ राष्ट्रपति हुनुहुन्छ सात वर्ष। सात वर्ष राष्ट्रपति भएका बेला उहाँले छोडेकै हो। कसरी निरन्तर हुन्छ? छोडेको सदस्यता… । अरूको निरन्तर गर्न सकिन्छ। राष्ट्रपतिको निरन्तर गर्न सकिँदैन। त्यो अवधि ग्यापै रहन्छ किनभने उहाँ देशको साझा व्यक्तित्व, साझा सम्मानित व्यक्तित्व, राष्ट्रपति हुनुहुन्थ्यो।
अब उहाँको आवेदन दिनुभयो भने के हुन्छ ?
आवेदन दिनुभयो भने पार्टीले विचार गर्छ र निर्णय गर्छ। राष्ट्रपति आउनु हुँदैन भन्ने निर्णय गर्छ या उहाँ आउन सक्नुहुन्छ भन्ने निर्णय गर्छ। दुइटै विकल्प छ। तर कमिटीमा कुरा नआएको हुनाले कमिटीको अहिले त्यो थप छलफलको विषय नै होइन।
अब यो एमाले महाधिवेशनले जेनजी आन्दोलनलाई कुनै पनि नोटिस नगरेको हो ?
कुन जेनजीको कुरा गरेको तपाईंले?
२३ र २४ वाला जेन्जी।
२४ गते यो आगलागी जेनजीले गरेको हो त ? यो तोडफोड, यो भाटभटेनी यी हरू लुटेर हिड्ने, कुद्ने, बोकेर भाग्ने जेन्जी नै हुन् त? यो जेन्जीले गर्या हो त? अनि सुशीला कार्की जीलाई त्यस नाउमा प्रधानमन्त्री हुन मौका मिल्यो होला। या मिलाइदियो होला कसैले। तर त्यसो भनेर जेनजी आन्दोलन भनेर २४ गतेको आन्दोलन म भन्दिनँ। त्यसो भन्नु जेनजी माथि लगाएको ठूलो अत्याचारपूर्ण आरोप हुन्छ।
२४ को?
२४ को ।
त्यसलाई तपाईले प्रतिक्रान्ति नै भन्नुहुन्छ त्यही नै हो अहिले पनि?
प्रतिक्रान्ति त हो। क्रान्ति हो त? अर्काको घर आगो लगाउनु, कार्यालय आगो लगाउनु, राष्ट्रिय सम्पत्ति आगो लगाउनु, उद्योग धन्दामा आगो लगाउनु, मिडिया हाउसमा आगो लगाउनु, सर्वनाश मच्चाउनु, तोडफोड गर्नु, लुटपाट गर्नु, आतंक मच्चाउनु क्रान्ति हो?
अनि २३ ?
२३ गते अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जलाउन खोज्नु या संसद भवन जलाउन खोज्नु, त्यो हाम्रो त सुरुवात गर्न खोजेका हुन् नि त । त्यहाँबाट सुरुवात गर्ने, त्यहाँबाट सुरुवात गरेपछि सिंहदरबार जाने, २३ गतेकै योजना २४ गते लागु गर्या त हो नि। २३ गते त्यो सब गर्नु। अनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जोगाउन खोजेपछि स्पेसल टास्क फोर्स त्यहाँ खटाएको हुन्छ। त्यसले त्यो जोगाउने कर्तव्य पालना गर्छ। अरू उपाय लागेन भने गोली चलाउँछ। यो दुःखद कुरा हो, त्यो परिस्थिति सिर्जना हुनु, गोली चल्नु, मान्छे मर्नु दुःखद कुरा हो। परिस्थिति के हो? २०० मान्छे भित्र पसिसकेर अरू पस्ने क्रम जारी छ भने अब त्यस स्थितिमा त्यहाँ त ६० जना प्रहरीले नि रोक्ने स्पेसल ट्रान्सफोर्स भनेको ६० जनाको हुन्छ।

यो प्रहरीको मनोबल गिराउने, प्रहरी माथि कारबाही गर्ने, प्रहरीलाई लखेट्ने र एनार्किजम फैलाउने अहिलेको सरकारले जुन काम गरिराखेको छ । प्रहरी मरायो। २४ गते प्रहरी मराउने, युनिफर्म खोसेर मजाक स्वरूप प्रहरीका युनिफर्म लगाउने जेन्जीले गर्या हो र? त्यो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अथवा संसद भवन जलाउने काम, संसद भवन जलाउने काम, त्यसका लागि पर्खाल भत्काउने काम जेन्जीले गर्या हो र?
आजको मितिमा आएर यो भनिरहदा सुरुको दिनमा चाहिँ तपाईंलाई पनि मिसिन्फर्मेसन थियो हो? त्यो स्नाइपरहरूले बाहिरैबाट सुट गरे भनिरहनु भाथ्यो नि । त्यहाँनिर पनि तपाईंलाई मलाई जेन्जी त्यो लाई दिने बाढी नै चल्यो कि क्या हो तपाईं माथि?
त्यो कस्तो भने सबै तिर हामीले त अब मिडिया पनि हेर्ने हो। र अरू सबै कुराहरू पनि सुन्ने हो। र इन्फर्मेसन पनि लिने हो। २३ गते मैले जति इन्फर्मेसन पाएँ, कमै इन्फर्मेसन पाएँ । गोली नचलोस् भन्दा भन्दै गोली चल्यो । पहिले नै रोकिउन् भन्दा भन्दै रोकिएन। त्यस्ता खालका केही कुराहरू कमजोरी भए। अब ति कमजोरीको समीक्षा खास समयमा होला। देशले गर्ला।
त्यसको बारेमा थोरै म पूरक प्रश्न अब पनि गर्दै जान्छु। तर त्यो स्नाइपरको चाहिँ इन्फर्मेसन गलत दिएको हो भन्न खोजेको मात्रै थिएँ मैले।
अहिले पनि म के भन्छु भने त्यो चाहिँ हुँदै होइन भनेर भन्न सकिंदैन। जति योजना थियो त्यसअनुसार अन्यत्रबाट पनि गोली चलेको हुनै सक्दैन भन्दिनँ। चलेको थियो कि थिएन भन्ने अध्ययनले निकाल्छ। मैले त्यतिबेला सुनेको नेपाल प्रहरीसँग भएका जस्ता मात्रै हतियारबाट गोली चलेको छैन। अरू पनि हतियार चलेको छ भन्ने सुनेको हो। तर अहिले सम्म आउँदा खेरि त्यो पुष्टि भएको छैन। अब त्यो पुष्टि हुन्छ कि… त्यो जाँच भइरा छ।
एमाले अध्यक्षमा तेस्रो पटक यो खालको शानदार जित हासिल गर्दै गर्दा पनि अध्यक्ष ओलीजी भित्र-भित्र डराइरहनु भएको छ। असुरक्षित महसुस गरिरहनु भएको छ। जाँचबुझ आयोगमा बयान दिन जाने विषयले ओलीजीलाई अत्त्याइरहेको छ। त्यसकारण उहाँले सरकारलाई थर्काइरहनु भएको छ भन्छन् नि ?
मैले राणा शासन त देख्न पाइन। राणा शासनको अन्त्यसँगै मेरो जन्म भएको हो। राणा शासन सिद्धिएको थियो म जन्मिँदा। त्यसकारण राणा शासन बाहेक अरू शासन मैले देखेको छु। अरू भोगेको छु। अरू शासन हरूका विरुद्ध संघर्ष पनि गरेको छु। डेमोक्रेसी रिस्टोर गर्न संघर्ष पनि गरेको छु। पार्लियामेन्ट रिस्टोर गर्न पनि संघर्ष गरेको छु। र मैले बयान दिन डराउनु पर्ने भन्ने कुरा होइन। तर तपाईंहरूले मलाई होच्याउनका लागि यो शब्द प्रयोग गरेको हो कि, अपमान गर्नका लागि हो कि… अनेक प्रश्नहरू यस्तो आउँछ नि …
तपाईहरू नभन्नु, बाहिर आएको प्रश्न टिपेर ल्याएको हो ?
बयान दिने कुराको आपत्ति के मा हो भने यो आयोगका अध्यक्ष, सदस्यहरूले जे पहिले नै बोल्नु भइको थियो, जे बोलिरहनु भएको छ।
अहिले त त्यति धेरै बोल्नु भएको थिएन। तपाईंले अगाडिको कुरा गर्नुभो होला हैन?
अहिले पछि पनि बिबिसी मा इन्टरभ्यु आदि त्यहि दिने सदस्यहरू छन् नि त। र हुंकार गर्ने… आयोगले त छानबिन गर्छ। नतिजा के आउँछ त्यो प्रकाशित गर्छ। बिचमा पटर-पटर त धेरै गर्दैन होला नि। उहाँहरू त पहिले नै देखि निष्कर्ष सुनाएर आउनुभएको व्यक्ति हो । “यसो गर्नु पर्छ, फलाना फलानालाई…” मेरो त नामै लिएर उहाँहरूले यसो गर्नुपर्छ, उसो गर्नुपर्छ… कहाँ छानबिन गर्नुभएको थियो उहाँहरूले? ‘फलानालाई यसो गर्नुपर्छ, उसो गर्नुपर्छ’ भनेर सुशीला कार्कीले बोल्नुभएको थियो । अहिलेको प्रधानमन्त्रीले । र अहिलेका आयोगका अध्यक्षले बोल्नुभएको थियो ।
यो सरकारबाट सुनवाई भएन, बोल्नु नै भएको हो त।
उहाँले बोल्नुभएको थियो ‘फलाना फलानालाई यसरी यसरी कारबाही गर्नुपर्छ।’ जब उहाँले त्यो निष्कर्ष सुनाई सक्नुभएको छ भने, उहाँलाई फेरि मैले बयान किन दिने? के विश्वासले दिने? तपाईले रिजल्ट निकालिसक्नु भएको छ भने अब फेरि जाँच दिन जाने? एउटा रिजल्ट निकालिसक्नु भयो, जाँचै बिना रिजल्ट निकाल्नु भयो नि तपाईंले । रिजल्ट मैले सुनिसके, अब फेरि जाँच दिने नाटक गरेर म समय बर्बाद किन गर्छु ? त्यसकारण मेरो स्पष्ट कुरा छ। तपाईंहरूले डरायो भन्नु भन्दा पनि डराएन भन्नु पर्ने थियो होला जस्तो लाग्छ मलाई। देश डराएको होला, अरू डराएका होलान्, मलाई थाहा छ जिन्दगी कुनै दिन मर्न पर्छ, मलाई मर्न पनि डर लाग्दैन।
जाँचबुझ आयोगले यही हप्ता ओलीजी, तत्कालीन गृहमन्त्री रमेश लेखक जीहरूको बयान लिन्छौं भनेर एकदम प्रचार भइरहेको सुन्नु भा होला। उहाँहरूले भनिरहनु भा छ, तपाईले भन्नुभयो कि अन्तर्वार्ता दिदै हिडिरहनु भा छ भनेर… हो। के पत्र प्राप्त भएको छ तपाईलाई?
छैन, त्यस्तो पत्र सत्र केही प्राप्त भा छ ?
मौखिक रूपमा केही छ?
छैन। केही पनि आएको छैन।
यो जति हो उही बाहिर बाहिर भइरहेको छ ?
उहाँहरूको… छैन, उहाँहरूको भनाई सुनाई सुन्छु म।
तपाईलाई कसैले फोन पनि गरेको छैन? कोहि भेट्न आएको पनि छैन?
कोहि भेट्न आएको छैन। कसैले भनेको छैन। केही पनि भनेको छैन। पासपोर्ट रोक्का पनि भनेको छैन। एरिया हदबन्दी रोक्का गरेको, के हद गरेको भन्ने पनि भनेको छैन। स्थान हदको कोहि पनि केही चिठी छैन। केही केही चिठी पनि छैन। समाचार पनि छैन। केही पनि छैन। मैले बाहिर बाहिर सुन्छु। र तपाईलाईं अर्को कुरा भन्दिराखौँ। म बाहिर जान पर्दा म बाहिर जान्छु । भ्याली बाहिर म जान्छु।
कहिले जानुहुन्छ?
मलाई जतिबेला पर्छ नि म जान्छु।
सोध्नुहुन्न सरकारलाई ?
मेरो संवैधानिक अधिकारको प्रयोग गर्न असंवैधानिक सरकारसँग सोध्नु पर्ने मैले?
काम पर्यो भने तपाईं निस्किनु त भ्यालीबाट बाहिर?
अवश्य, स्योर। त्यो त मैले भनिराख्या छु त। आफ्ना आफ्ना ठाउँमा सबै बसौं। आफ्नो आफ्नो काम गरौं। उहाँहरूको काम निर्वाचन गराउने होला। अनि निर्वाचन म काभ्रेबाट लड्छु। भ्याली बाहिर नजाने? म लड्छु रामेछापमा। भ्याली बाहिर नगए हुन्छ? म पर्वतबाट लड्छु। आफ्नै निर्वाचन क्षेत्र, म लडि आएको निर्वाचन क्षेत्र झापा त्यहाँ लड्न जान्छु। त्यहाँ जान नपाउने? निर्वाचन गराउँछौं गराउँछौं भन्ने, निर्वाचनमा आउ आउ भनेर भन्ने, अनि जान पाइँदैन भन्ने यो के भनेको यो ?
तपाईंलाई पत्र पनि आएको छैन, मौखिक रूपमा कसैले सोधेको पनि छैन, लाग्यो उहाँहरूलाई तत्कालीन प्रधानमन्त्री ज्यूले अड मान्नुभयो, अप्ठ्यारो मान्नुभयो, हैन ‘घरै गएर बयान ल्याउ क्या र’ भन्ने लाग्यो उहाँहरूलाई र ‘हामी त त्यतै आउँछौं हजुर’ भन्नुभयो भने के गर्ने होला?
म उहाँहरूलाई सम्मान साथ स्वागत गर्छु, चिया खुवाउछु, कुरा गर्छु, पठाउँछु।
बयान दिने गरेर कुरा गर्नुहुन्छ कि?
हैन, बयान मैले कति पल्ट भन्नु, बयान दिनु पर्ने छैन। तपाईले रिजल्ट निकालिसक्नु भयो, फेरि जाँच म किन दिने ? त्यसको अर्थ उहाँहरूसँग बोलचाल बन्द गर्छु भनेको होइन। मेरो कुराकानी हुन्छ। कुरा हुन्छ। बयान भन्ने कुरा व्यक्तिको स्वेच्छाको कुरा होइन र ? कि के-के बयान दिनुपर्छ पनि भन्नु पर्छ?
यदि मान्नु भएन भने चाहिँ ‘हामी यसरी गरेर भएपनि ल्याउँछौ, त्यसरी गरेर भएपनि ल्याउँछौ’ भन्ने भाषा छ नि ?
बयान दिन मानेन भने गोली ठोकै हुन्छ नि। यत्रो कसुर गर्ने, बयान दिन नमान्ने, नतिजा आइसक्यो, जाँच दिन्न भन्ने… यत्रो कसुर गर्नेलाई त हान्दिनु नि गोली। उहाँहरूसँग छ नि त बन्दुक। के सानातिना कुरा गरिराख्या? भएन भने आजीवन थुन्दिने, बयान नगरे बापत ।
अब २३ गते भएको के थियो भनेर आम पब्लिकले सामान्य हिसाबले बुझ्नका लागि पनि तत्कालिन सरकारको नेतृत्वका हिसाबले यो बयान त कतै न कतै दर्ज त गराउनु पर्छ जस्तो लाग्छ कि लाग्दैन?
मैले तपाईं मार्फत भन्दिएँ त। तपाईं मार्फत मैले भन्दिसकेँ त। उहाँहरूका इन्टरभ्युबाट मैले धेरै कुरा बुझ्नु पर्ने, मेरा इन्टरभ्युबाट उहाँहरूले किन नबुझ्ने? इन्टरभ्युबाटै, उहाँहरूका इन्टरभ्यु र मेरा इन्टरभ्युबाट आदानप्रदान भइराख्या छ त कुरा।
बुझेर नबुझे जस्तो गर्न पनि पाइन्छ नि त ?
अब त्यसको त दबाइ छैन नि त।
जे नहुनु पर्ने अत्यन्तै दुखद भयो मेरो पालोमा, म त्यसका लागि दुखित त छु नै। त्यो भन्नै परेन। र जो जो राज्यका निकायले गल्ती गरेका भएपनि माथिल्लो तहबाट लिनुपर्ने नैतिक जिम्मेवारी मैले लिन्छु भन्दैमा यसले केही अप्ठ्यारो पार्छ? त्यति भन्दैमा लगेर थुनि हाल्नु पर्ने अवस्था हुन्छ? त्यसले त राजनीतिक उचाइ नै बढ्छ होला नि ?
थुनिनु पर्छ भने पनि म चाहिँ नि थुनिन, नमारीन, सबै कुराका लागि आज होइन, यो कुरा म कमसेकम ६० वर्ष अगाडि तयार भएर ल्याएको मान्छे हुँ। ६० वर्ष अगाडि। ५६ वर्ष अगाडि म एकदमै तयार भएर हिंडेको मान्छे हुँ। त्यसकारण यस्ता कुराहरूसँग मलाई मतलब भएको होइन। मलाई हटाउनका लागि यत्रो विध्वंस हुन्छ, अरू त केही होइन रहेछ नि त। जब आक्रोशको केन्द्रबिन्दुमा म छु, म बनाइएको छ, मेरै विरुद्ध यो सब गतिविधि गरिएको छ। अनि मसँग सोध्नु पर्ने के?
मैले २३ वर्ष अगाडि बेचेको घर, त्यो घर जलाइयो। मेरो ९६ वर्षको बुवा अहिले हस्पिटलमा हुनुहुन्छ। उहाँ बस्ने गरेको घर जलाइयो। जुन घरमा म एकदिन पनि, एक रात पनि बसेको छैन। त्यो घर किन जलाको? केपी ओलीको बाउ बस्ने घर हो भनेर जलाइयो। यो त मेरा विरुद्धको त हमला छँदै छ। घर जलाउँदा विभिन्न व्यक्तिका केपी ओलीको सहयोगी हो, समर्थक हो भनेर जलाको छ। केपी ओलीलाई प्रधानमन्त्री बनाउने व्यवस्था भनेर जलाएको छ। अब फेरि यसमा म जो आफैं पीडित हो… अनि फेरि मलाई नै विभिन्न ढंगले दोषी करार गर्ने खालका चेष्टाहरू, प्रयासहरू ती आफैँ अत्यन्तै अनुचित र गलत हुन्।
महाधिवेशन पछिको पहिलो सम्बोधन तपाईंको अहिलेको चर्चामा छ तर त्यो म्यासेज चाहिँ अलि धम्क्याउने तरिकाले आयो भन्ने छ। एमाले नेतृत्वलाई चलाउ मात्र, देश ठप्प पार्दिन्छौं, यो सरकार ढाली हाल्नु पर्छ। ओलीजीले फेरि मुडभेडकै भाषा बोल्नु भयो भन्छन् फेरि ?
कसैले केही नगरिकन केही गर्छु भन्या छ ? कसैले केही नगरिक केही गर्छु भन्या छैन। केही गर्यो भने केही गर्छु भन्या होला । नेकपा एमाले एउटा हिस्ट्री भएको पोलिटिकल पार्टी हो, जनाधार भएको पोलिटिकल पार्टी हो। यो पार्टी प्रधानमन्त्री सुशीला कार्कीजी को तीन महिना पनि बाँकी नरहेको म्यादी पार्टी होइन। यसको फ्युचर छ, फ्युचरसम्म लड्छ यो। हामीसँग अन्यायपूर्ण ढंगले लड्न नखोज्दा राम्रो हुन्छ। न्यायपूर्ण प्रतिस्पर्धाका लागि एमाले तयार छ। अन्यायपूर्ण आक्रमण गर्न खोजियो भने प्रतिवाद गर्न पनि तयार छ। फेरि पनि दोहोर्याएर भन्छु।
त्यसकारणले गर्दा सुरक्षा समिति चाहिएको हो टोल टोलमा?
टोल टोलमा, टोल सुरक्षा समिति चाहियो।
पुलिस छ, सशस्त्र छ, आर्मी छ।
देखियो। देखियो।
अब नपत्याउने उनीहरूलाई?
यो सरकार छन्जेलसम्म त पत्याउने स्थिति नै भएन।
उनीहरूको मनोबल गिराउने, उनीहरूलाई कमजोर बनाउने काम भइराख्या छ। एनार्किजमलाई प्रोत्साहित गर्ने काम गर्या छ। हामीले वीरगंजमा देख्यौ। हामीले कार्यक्रममा आयोजना गर्यौं। एउटा सानो भेला थियो। त्यसमा जेन्जीका नाउमा विभिन्न तत्वहरूको आक्रमण, एयरपोर्ट बन्द। नेताहरू गएर सम्बोधन गर्छन् भनेर एयरपोर्ट बन्द। हामीले त कहिँ निउ खोज्या देख्नुभएको छ? कहिँ निउ खोज्न गएको देख्नुभएको छ?
यो अन्तरिम सरकार रहुन्जेल, सुशीला कार्की नेतृत्वको सरकार रहुन्जेल राज्यका अंगहरूलाई विश्वास गर्ने स्थितिमा कम्तिमा एमाले छैन ?
विश्वास गर्ने भन्दा पनि भरपर्न सक्ने… । विश्वास त हामी गर्छौ कि उनीहरूको नियत राम्रो छ। विश्वास गर्छौ, तर उनीहरूलाई निष्प्रभावी बनाइएको छ।
फेरी घुमाएर जवाफ दिनुभयो कि क्या हो?
होइन, सरकारले किन केही गर्न सक्दैन जनताको सुरक्षाका लागि? अहिले पनि भने सुरक्षा संयन्त्रको कारण भन्दा सरकारले अनुसन्धान विभागको प्रमुख अवकाश पाउने बित्तिकै पासपोर्ट रोक्का, स्थान हद, प्रहरीको इन्स्पेक्टर जेनरल अवकाश हुने बित्तिकै, एक घण्टा बित्न पाएको छैन, अवकाश हुने बित्तिकै अवकाश पत्र र सँगसँगै स्थान हद र के जाति प्रतिबन्ध आदि इत्यादि। यो भनेको के हो?
बयान लियो, ल आफ्नो ठाउँमा होला। बुझ्न खोज्यो होला के भएको हो भनेर। तर सबभन्दा पहिले त आईजीपीलाई स्थानहद भनेको के ? अवकाश प्राप्त हुन भन्दा अगाडि पासपोर्ट प्रयोग गर्न सक्दैनथ्यो उसले ? जान सक्दैनथ्यो कतै जाने हो भने? तर के सोचेका छन् यिनीहरूले ?
यो देशका सबै नागरिकहरू, राष्ट्रसेवकहरू सबै भगौडा हुन् ? देश यिनलाई छोड्दिएर भाग्छन् सबै ? देश जोगाउनका लागि ज्यान दिएर लड्या छ प्रहरी। प्रहरीको ज्यान गएको छ, पिटाई खाएको छ, बर्दी फुकालिएको छ, अपमान गरिएको छ, कार्यालय जलाइएको छ, हतियार खोसिएका छन्, सब बेहोरेको छ प्रहरीले।
त्यही प्रहरीमाथि राज्यद्वारा हमला ? यो हद होइन। अहिलेसम्म जति बनेको छ नि प्रहरीको, जनताले बनाइदिएको छ। नागरिकले बनाएको हो नि त। त त्यो त राज्यले बनाएको त हैन।
तपाईको त्यो समितिले चाहिँ के गर्छ अब छोटोमा? टोल टोलमा गठन हुने समितिहरूको काम के हुन्छ?
टोल सुरक्षा। आगो लाउन कोही आयो भने रोक्ने, लुटपाट गर्न आए रोक्ने ।
यो अशान्ति मचाउनका लागि त होइन त?
शान्ति कायम राख्नका लागि हो।
अझै पनि स्थिति साम्य भइसकेको त छैन?
छैन ।
कता कता भुसको आगो भित्र भित्र त छ। छ।

फागुन २१ को चुनाव नै हो। यो अन्तरिम सरकारले गर्ने चुनाव नै हो।त्यसपछि आउने संसदले सारा सल्टाउँछ भनियो। अनि तपाईलाई चाही यो चित्त नबुझ्ने फेरि?
उहाहरू जो द्वारा निर्देशित भएर चलिराख्नु भाछ, उनीहरू भनिराख्या छन्। किन उनीहरू त्यत्रा संचालक पर्दा पछाडीका चाही नि कठपुतलीहरूलाई खेलाउने चिज मास्टर बने, त्यो म जान्दिनँ।
कठपुतलीहरूलाई चलाउने पर्दा पछाडिको कुरा हैन?
“संविधान राखौं कि हटाउ भनेर विचार गर्दै छु” भन्ने मान्छेहरू छन्। “यो सरकार हामीले बनाएको” भन्ने मान्छेहरू छन्। सोझै गएर प्रधानमन्त्रीलाई निर्देश दिने मान्छेहरू छन्। “फलानालाई गिरफ्तार गर्छौ कि गर्दैनौ” भनेर थर्काउने,
अनि तिनीहरू गर्नु भनेर मात्रै पर्दा पछाडिका हुन् त? अगाडिका त्यहि सुशीला जी हरू र ओम प्रकाश जी, तिनीहरू चाही पर्दा पछाडिका यति फ्याक्टर यति दुइटा?
होइन। भाया (Via) होला नि त फेरी। भाया यी होलान्।
ए! अझ पर्दा पछाडि को छ?
आइ डोन्ट नो। मैले जान्ने कुरा होइन नि यो त सेक्रेट कुरा उनीहरूले जान्ने कुरा हो नि।
तपाईलाई थाहा हुन्छ नि त। अब अब यति समय सरकार चलाएको मान्छेलाई यो कुरा थाहा हुन्न त?
सबै कुरा चै नि यो म ब्रह्मज्ञानी त होइन नि। मसँग दिव्य दृष्टि पनि छैन। त त्यसो भएर मैले थाहापाउने कुराको पनि सीमा छ, हद छ। मैले सबै कुरा संसारको थाहा पाएको हुन्छु, जानेको हुन्छ भन्ने होइन।
निर्वाचन नै शान्तिपूर्ण हुन्छ भन्या ?
किन नहुने?
के भन्दै छन् त पर्दा पछाडिका संचालकहरू? त्यही म भन्दै छु। नेताहरूलाई मनोनयन गर्न नदिनु, पुराना पोलिटिकल पार्टीलाई मनोनयन गर्न नदिने, हामीले मात्रै मनोनयन गर्ने, नेताहरूलाई घरबाटै बाहिर निस्किन नदिने, पुराना पार्टी पुराना नेताहरूलाई भाग लिन नदिने, अब त संविधान नै फेरबदल गर्ने। चुनाव सम्बन्धी कानुन मतदानका अघिल्ला दिनसम्म अध्यादेशबाट ल्याइराख्ने। जे कानुन छ त्यसबाट चुनाव गर्ने होइन, कानुन ल्याइराख्ने। यो कुनै कानुन हो भन्या ?
असंवैधानिक सरकारले अध्यादेश जारी गराउने कानुन ? यो स्वेच्छाचारिता कानुन हो ? म भन्न चाहन्छु, सम्मानित राष्ट्रपतिज्युले यस्ता बीच-बीचमा जथाभावी ल्याइएका कुराहरूलाई इन्टरटेन गर्नु हुँदैन र कानुन बमोजिम निर्वाचन गरौ भनेर भन्नु पर्छ।
त्यसो भए एमालेलाई चाहिएको सुरक्षाको ग्यारेन्टी के हो त निर्वाचनका लागि फागुन २१ को?
सम्भवै छैन। त्यो। अहिलेको सरकारबाट त्यो सम्भवै छैन त। तपाईंहरू कुन संसारमा हुनुहुन्छ ? सोझै भनिराख्या छन् त बुथकब्जा गर्छौं। हामी एक्लै गर्छौं। अब नेताहरूलाई जान दिदैनौं । एरिया हद त गरेको देख्नुभएको छैन त भन्या ? देख्नुभएको छैन ?
अनि चुनावले चाहिँ सबै समाधान… समाधान त गरिसक्यो त है। एरिया हद गरिसक्यो। यही हो समाधान?
सिधा नवनिर्वाचित एमालेको अध्यक्षको भर्सन हो- यो सरकारले चुनाव गराउन सक्दैन। यो सरकारबाट चुनाव हुँदैन। र यो सरकारले गराउने चुनावमा एमाले जाँदैन। यति हो ?
यो सरकारले गराउने चुनावमा एमाले जादैन भन्या छैन । यो सरकारले चुनाव गराउँदैन । गराउन सक्दैन । गराउने बाटो हिँडेकै छैन। चुनावतर्फ यसको ध्यानै छैन। यो त भन्ने कुरा हो अहिले । यसैसकारणले हुन सकेन ‘केपी ओलीले चर्का कुरा गर्यो, वातावरण बिगारो, त्यसकारण फागुन २१ मा हुन सक्दैन, बैशाखमा लानु पर्छ, जेठ २८ मा लानु पर्छ.. ।” यो तर्क निस्किने वाला छ अब। त्यो तर्क दुई चार दिन पछि. ‘चुनाव किन सार्नु पर्यो’ भन्दा केपी ओलीले बोल्यो नि त, केपी ओलीले वातावरण बिगार्यो नि।
त्यसको बरु अलिकति अपजस लिने गरेर तपाईहरू भित्र भित्र चुनाव सार्न त खोजिरहनु भा छैन नि?
चुनाव सार्न नहुने… चुनाव किन कसरी सार्ने भन्यो?
त्यसो भए अबको के हो त देशले पाउने निकासको सुत्र के हो त?
विघटित संसदको जो गैरकानुनी विघटन भएको छ, अनकन्स्टिट्युसनली विघटन भएको छ। यसको अबिलम्ब पुनर्स्थापना हुनुपर्दछ। त्यहाँबाट संविधान संशोधन हुनुपर्छ। सर्वपक्षीय सरकार बनाउनुपर्दछ। त्यसले निर्वाचन गर्नुपर्दछ।
त्यसो हो भने संसद पुनर्स्थापना पछि यो जो जेनजी आन्दोलनका माग भनिएको छ, जो अहिले सरकारसँग गरिएका सम्झौता भनिएको छ, यिनी केही पनि कुराको सम्बोधन हुँदैन ?
अहिलेको सम्झौता सरकारसँग भएको सम्झौता भनेको गैरकानुनी, अथोरिटी बिनाको त्यस्तो सम्झौता हो। त्यसलाई अस्ति नै हामीले खारेज गरिसकेका छौं ।
आउने संसदले पनि त्यसलाई इन्डोर्स गर्दैन ?
गर्दैन।
सिधै रिजेक्ट हुन्छ ?
त्यो त एकदम रिजेक्टेबल… त्यो त्यहाँसम्म हामी चर्चै गर्दैनौं । त्यो र यो के सम्झौता गर्नु पर्ने विषय ? यो संविधानका कुरा आदि कुराहरू कहाँ थियो त्यो मागमा ? जेन्जीका मागमा ? आगो लगाउनेहरूसँग सम्झौता गरेर देश अगाडी जान्छ ? त्यसकारण यो पृथक कुरा हो।
त्यसो हो भने संसद पुनर्स्थापना के का लागि ?
देशमा लोकतन्त्र पुनर्बहाली गर्न, संविधानलाई ट्रयाकमा ल्याउन र संविधान अनुसार देशलाई अगाडी बढाउनका लागि हो । र शान्तिपूर्ण वातावरणमा निष्पक्ष स्वतन्त्र आम निर्वाचन गराउने र वास्तवमा जनताले छानेका प्रतिनिधिहरूको संसद बनाएर त्यसबाट सरकार बनाउने। अब कसैलाई त्यसमा चित्त बुझ्दैन भने त डेमोक्रेसीमा चित्त नबुझ्नेसँग के गर्न सकिन्छ ? असहमति त्यो हुन्छ।
त्यो संसद भदौ २२ कै अवस्थाको स्थितिको संसद या त्यसमा केही फरक?
अहिले पुनस्थापना हुँदा त त्यही संसद पुनस्थापना हुन्छ ।
त्यो कति दिन रहन्छ? त्यसले गर्छ के?
त्यो त आवश्यकता अनुसार थोरै समय राखेर, संविधान संशोधन गरेर, अर्को सर्वपक्षीय सरकार बनाएर, संवैधानिक ट्रयाकमा ल्याएपछि र संवैधानिक ट्रयाक भन्दा बाहिर जान नपाउने स्थिति बनाइसकेपछि त्यो संसद राखिरहनु परेन। नयाँ निर्वाचन गर्नु पर्यो।
त्यसले संविधान संशोधन पनि गर्छ?
संविधान संशोधन त अहिले गर्नु पर्यो । पुनःस्थापना हुने बित्तिकै केही मुद्दामा संविधान संशोधन गरेर, नत्र सर्वपक्षीय सरकार बनाउन सकिंदैन।
जस्तो के-के मा संशोधन गर्ने?
प्रतिनिधिसभा भन्दा बाहिरबाट पनि प्रधानमन्त्री बन्न सक्छ भन्ने जस्ता कुराहरूमा संशोधन गर्न सकिन्छ।
अरू चाहिँ मेजर संविधानका अंगहरू अहिले चलाउने होइन ? पछि नयाँ संसद नयाँ ढंगले प्रवेश गर्ने…
अहिले त्यसमा प्रवेश गर्ने कुरा चुनाव नगराउने कुरा हो ।
शासकीय स्वरूप, निर्वाचन प्रणाली यावत कुरा आएका छन् नि।
के हो शासकीय स्वरूप भनेको ?
यिनीहरूमा परिवर्तन गर्नुपर्छ, संशोधन गर्नुपर्छ भन्ने छ ?
अनि १० वर्ष २० वर्ष कसले गर्ने यी कामहरू ? आठ वर्ष लगाएर हामीले संविधान बनाएको हो संविधान सभाबाट। सजिलो कुरा त छैन नि त । विवादहरू ओपन गरेपछि सजिलो छैन । त्यसकारण विवाद ओपन नगर्ने, अहिलेका आवश्यकता अनुसार संविधान संशोधन गर्ने र अगाडि बढ्ने।
अब त्यो सरकारको नेतृत्व चाहिँ कसले गर्ने होला?
त्यो त सर्वपक्षीय सहमतिका साथ गर्ने ।
तपाईं पनि तयार हुनुहुन्छ त्यस्तो परिआयो स्थिति भने?
अहिले म त्यसमा रुचि राखिराख्या छैन।
त्यसमा पूर्व प्रधानन्यायाधीशको नाम पनि खुबै बाहिर आउँछन्। कहिले कल्याण श्रेष्ठ, कहिले चोलेन्द्र शमशेर…
म आफूलाई मात्रै इच्छा छैन भन्छु। अरू कोही पनि सर्वपक्षीय सहमतिबाट कोही पनि बन्न सक्ने कुरो त संविधान संशोधन गरेर संसदभन्दा बाहिरबाट पनि राख्न सक्ने भनेपछि संसद भित्रको पनि हुन सक्ने भो, बाहिरको पनि हुन सक्ने भो, जे पनि हुन सक्ने भो । पूर्व प्रधानन्यायाधीश एउटा चाहिँ क्रान्तिको उपज भनेर आगजनीको प्रतिनिधिको रूपमा राख्न सकिने, अर्को को आउँछ भनेर फेरि एकदम आतंकित हुनुपर्ने के कुरा हो त्यो ? संविधानको बाटोबाट कोही आउँछ भने ‘द्याटस् गुड’।
चाहे त्यो कल्याण श्रेष्ठ होस् चाहे अर्को कुनै श्रेष्ठ होस् ?
त्यसले फरक पार्दैन।
सर्वदलीय नभनेर ओलीजीले किन सर्वपक्षीय भनेको हो ?
दलको मात्रै पनि कुरा होइन। दल भनेको कति दललाई बुझ्ने ? पार्लियामेन्टमा भएका दललाई नै बुझ्नु पर्ने हुन्छ। पार्लियामेन्टमा नभएका दल अहिले खुलेका, दर्ता गरिएका दल कुनै दलको रूपमा मान्यता पाएका छैनन्। तिनीहरूले त निर्वाचन फेस गरेर जनताको अनुमोदन कस्तो प्राप्त गर्छन् भनेर हेर्नु पर्छ, अनि मात्रै ती दल हुन्छन्।
अहिले निर्वाचन प्रयोजनका लागि मात्रै दर्ता भएका हुन् । तिनको प्रतिनिधित्वको पनि कुरा होइन ?
मेजर पोलिटिकल पार्टीज जो पार्लियामेन्टमा छन्, ती पोलिटिकल पार्टीहरू, प्लस अरू पार्लियामेन्ट्री पार्टीहरू प्लस अन्य ‘जेन्जी’ भनिएका छ नि अहिले जेनजीका केही ग्रूपहरू छन् नि । तर सुशीला कार्कीले जस्तो त्यहाँ लगेर कोहि कागज बुझाउने, कोही कागज च्यात्ने, कोहि के गर्ने, झैझगडा गर्ने खालको होइन कि एउटा परिपक्व खालको साँच्चैको जेनजी । यो जेनजीका नाममा आगो लाउने ‘जेनजी’ होइन। माइतीघर मण्डलादेखि एभरेस्ट सम्म आउने, आन्दोलन गर्ने, आन्दोलनको भावना भएको, परिवर्तनको भावना, शान्तिपूर्ण ढंगले चल्ने भावना भएको जेन्जी हो।
त्यसमा पूर्व राजालाई फर्काउनु पर्छ भन्नेवालाहरूको पनि उपस्थिति हो?
उपस्थिति हुन सक्छ उनीहरूको पनि । किनभने राप्रपा त्यो मान्यता राख्ने पार्टी हो, संसदमा छ। त्यस हैसियतमा राप्रपा उपस्थित हुन सक्छ। अरू अस्ति प्रधानसेनापति कहाँ गए जस्तो नन्दी, भृङ्गी आदि इत्यादि सबै यसभित्र पर्दैनन्।
यसबीचमा कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि तपाईंको भेट भयो। त्यसपछि कांग्रेसको टोन पनि बदलियो। सिधा देख्दा देउवाजीको कानमा के मन्त्र सुनाइदिनुभयो ओलीजीले?
होइन, वर्तमान राजनीतिक परिस्थितिको बारेमा दुई पार्टीका नेता भेट हुँदा कुराकानी हुने नै भयो। समसामयिक कुरा हुने भो, निकासको बारेमा हुने भो, त्यही कुरा भयो।
यो ‘बकुल्लाको बिउ’ अलि ढिला उम्रिन्छ भन्नुभएको थियो…
तोरीको दाना तुरुन्त उम्रिन्छ । बकुल्ला त भिज्न, रसाउनै समय लाग्छ । कम्तीमा १५ दिन लाग्छ ।
नेपालको राजनीतिमा चाहिँ फागुन २१ पछि उम्रिने हो?
फागुन २१ किन भनिरहनु हुन्छ ? शहीद दिवस भनेर ? हाम्रा साथीहरू मारिनु भएको थियो, २०२९ सालमा जेल सार्ने नाउँमा मारिनु भएको थियो । हाम्रा निम्ति त्यो तिथि त्यसकारण महत्वपूर्ण छ। अरू फागुन २१ भनिरहनु पर्ने… निर्वाचन भन्ने कुरासँग जोडेर मैले भनिसके त, त्यसको त कुनै तयारी छ न वातावरण बनेको छ।
तपाईंको भाषामा त फागुन २१ सम्झन पनि आवश्यक छैन ?
हो ।
तपाईंले वामपन्थी एकताका नाममा कुनै तमाशा नहुने बताउनु भएको छ। प्रचण्ड, माधव नेपालहरूलाई तपाईंको स्पष्ट सन्देश एकताको कुरा गर्दै नगर भन्ने नै हो अब?
पार्टीहरू अलग-अलग रहेर पनि सहकार्य गर्न सक्दछन्। यस्तो राष्ट्रिय जटिलताको परिस्थितिमा यसलाई समाधान गर्न सहकार्य गरौं न। बोलचाल बन्द गरेर बस्ने, संकीर्ण मन र इगो लिएर बस्ने, राष्ट्रिय समस्या समाधान गर्न तयार नहुने अनि पार्टी एकीकरणका गफ गर्ने भनेको ‘इरलेभेन्ट’ (असान्दर्भिक) कुरा हो।
अहिले तपाईंहरूको कुनै संवाद छैन ?
होइन । त्यस्तो पनि होइन । विभिन्न तहमा संवादहरू छन् । अस्ति महाधिवेशनमा शुभकामना दिन आउनुभएको थियो ।
चुनावी समीकरणको कुरा गर्दा, एमाले चुनावमा मिलेर जान्छ वा एक्लै?
हामी लचिला छौं। हामी एक्लै जान पनि तयार, अनुकूल शक्ति मिलेर जान पनि तयार हुनसक्छौं ।
चुनावमा एमालेको प्रतिस्पर्धी को ?
एक्लाएक्लै चुनाव लड्दा नेपाली कांग्रेस हो ।
नयाँ शक्तिहरूले त ‘हामी क्लिन स्वीप गर्छौं’ भन्दै छन् नि?
चुनावसम्म मजाले भन्न पाइन्छ – हामी जित्छौं, दुई तिहाइ ल्याउँछौं, क्लिन स्वीप गर्छौं भन्न पाइन्छ । पुराना पार्टी बडारिन्छन् भन्न पाइन्छ । तर ‘ओल्ड इज गोल्ड’। पुराना भनेका पुरानै हुन् । पार्टी भनेका पार्टी नै हुन्।
हिरासतमा रहनुभएका रवि लामिछाने थुनामुक्त हुनु र एमाले महाधिवेशन सकिनु एकै दिन भयो, यो कस्तो संयोग?
त्यो मलाई थाहा छैन। उहाँलाई थुन्ने र छुट्ने कुरामा मेरो हात छैन। त्यस कुराबाट म अलग छु । तर मैले एउटा पढेको थिएँ- यो फैसला गर्ने न्यायाधीशले निराधार फैसला गर्यो । त्यसकारण उनको योग्यतामाथि प्रश्न उठ्यो भनेर केही मानिसले प्रश्न उठाएको र मुद्दा लैजान्छौं भनेको मैले सुनेको थिएँ । अलिकति विवादास्पद चाहिं रहेछ क्यारे यो रिहाइ । यसैमा राजनीतिमा हरेक कुरा विवादास्पद हुनेगर्छ । त्यो आफ्नो ठाउँमा छ तर, यसमा मेरो कुनै संलग्नता नभएको हुँदा केही भनिराख्नुपर्ने आवश्यकता ठान्दिनँ ।
भावी दिनमा रविसँगको सम्बन्ध कस्तो होला?
मैले रवि लामिछानेलाई गुण लगाएको थिएँ। उनले मसँग अनावश्यक दुश्मनी गरे । किन गरे थाहा छैन । भेट हुँदा सोध्छु।
नयाँ दल र शक्तिहरू मिल्ने कुरा छ । केही थ्रेट हुँदैन चुनावमा ?
चुनावमा थ्रेट ? एमालेलाई, कांग्रेसलाई ? (हाँसो) । कथामा यस्तो हुन्छ । यस्तो पराक्रमी बच्चा हुन्छ । सूर्यलाई टिपेर खान खोज्छ । थुतुनो पोल्छ र फ्याँकेर हिंड्छ ।
गत चुनावमा चौथो शक्ति भएको कुरालाई पनि नजरअन्दाज गर्न मिल्दैन होला नि ?
तेस्रो चौथो शक्ति भनेको फेरि पनि भइराख्छन् । तेस्रो त हुँदैनन् ।
अहिले त पहिलो हुने नै दाबी छ ?
तेस्रोसम्म त हुँदै हुँदैनन् । एमाले, कांग्रेस, माओवादी छ । माओवादी हटिसक्यो क्यारे । प्रचण्डको पार्टी छ । यी पार्टी हुँदाहुँदै तेस्रो यिनै हुन् । सक्किइगयो । त्यसपछि २-५ सिट ल्याए पनि चौथो त भयो नि !
हर्क-बालेन-रवि-कुलमान जो-जो मिले पनि चौथो/पाँचौं पार्टी हुने हो ?
चौथो त अरू छन् नि । मैले नाम पो नलिएको छ । यिनीहरूले त एकाध जित्यो भने ठूलो कुरा हो । चौथो-पाँचौं होइन, दशौं-बाह्रौं भयो भने पनि अनौठो मान्नुपर्छ ।
तपाईंका स्वकीय सचिव राजेश बज्राचार्यले यती समूहसँग घर घुस लिएको आरोपमा अनुसन्धान भइरहेको र मुद्दा चलाउन सिफारिस हुँदैछ भन्ने खबर छ। यसबारे के भन्नुहुन्छ ?
यो प्रयास आजदेखिको होइन। मेरो निकट रहेको व्यक्तिलाई लाञ्छित गर्दा त्यसको कमसेकम छानामा पानी पर्यो भने, बाछिटा घरभित्र पस्छ भनेजस्तो त्यो छिटा मलाई पनि पार्न सकिन्छ कि भन्ने कुरा हो ।
राजेशको बारेमा म राम्ररी जान्दछु । बच्चादेखि मसँग हुर्किएको मानिस हो, उनले कुनै अनियमितता, भ्रष्टाचार, घुसखोरी गर्दैनन्। उनलाई फसाउन भुटानी शरणार्थी प्रकरणमा दबाब दिएर नाम उच्चारण गर्न लगाइयो।
गर्न नमानेपछि आफैले लेखेर १० दिन प्रेसर गरेर सही गर्न लगाइयो। बयानमा रेकर्डेड छ। अदालतमा बयान गर्या छ मान्छेले। बलजफ्ती बलजफ्ती लेखेर बलजफ्ती गर्न लागियो ।
फसाउने प्रयास कुनै न कुनै हिसाबले काहिँ पाइएन यतीसँग घर लियो भन्ने । यतीसँग घर लिन पाइँदैन अनि यति सँग कहाँ बाट जोडिन्छ कुरा बैंकमा चाहिँ भुक्तानी देखिएन दुई लाख चार लाख पाँच लाख दश लाख गरेर दिएको कुरो सबै बैंकिङ कारोबार मात्रै हुँदैन।
अनुसन्धानको क्रम अगाडि बढ्यो भने सहयोग त हुन्छ ?
के सहयोग गर्नु परेको छ र ? बढाए भइगयो नि। यो सरकारले के गर्दैन ? कसका विरुद्ध गर्दैन ? यो सरकार त फलानालाई छोड्नु हुँदैन भनेर सडकमा मान्छे उचालेर, भड्काएर आएर बनेको होइन र ?
प्रतिक्रिया 4