६ पुस, काठमाडौं । बंगलादेशको म्यामनसिंह जिल्लामा भ्रमपूर्ण आरोपमा एक हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा युवाहरूले विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरूले घटनामा संलग्नहरूलाई कडा कारबाहीको माग गर्दै बंगलादेश सरकारको प्रतिकात्मक पुत्ला जलाएको छ ।
प्रदर्शनमा सहभागी युवाहरूले बंगलादेश सरकारविरुद्ध नारावाजी गर्दै पुत्ला जलाएका थिए ।
युवाहरूले मुस्लिम आयोग नेपालमा खारेज गरिनुपर्ने माग समेत गरेका थिए ।
युवाहरूले बङ्गलादेशमा अल्पसंख्यक हिन्दुहरू असुरक्षित रहेको र निर्मम हत्या हुँदा पनि सरकारले अपराधीहरूमाथि कारबाही नगरेको आरोप लगाएका छन् ।
कारबाही नभए ठूलो आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4