+
+
Shares

निजी विद्यालय सञ्चालकले भने- भोलि विद्यालय बन्द गर्ने निर्णय गरेका छैनौं

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते २२:२२

६ पुस, काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले भोलि हुने भनिएको शैक्षिक हड्तालमा विद्यालय बन्द नगर्ने बताएका छन् ।

जनपक्षीय विद्यार्थी युनियन, नेपालले भोलि (पुस ७) शैक्षिक हड्ताल घोषणा गरेको थियो । त्यसबारे प्याब्सन र एनप्याब्सनले आइतबार साँझ छलफल पनि गरेका थिए ।

तर, उनीहरूले विद्यालय बन्द वा खुल्नेबारे केही औपचारिक निर्णय भने गरेका छैनन् । विद्यालय खोल्ने वा बन्द गर्नेबारे सम्बन्धित विद्यालयले नै निर्णय गर्ने प्याब्सन अध्यक्ष कृष्ण अधिकारीले बताए ।

‘विद्यालय शान्ती क्षेत्र हो । हामीले बन्द गर्ने कुनै निर्णय गरेका छैनौं,’ अधिकारीले भने ।

तर कतिपय विद्यालयले भने भोलि बन्द हुने सूचना अभिभावकलाई पठाएका छन् ।

उक्त युनियनले विदेशमा रहेका नेपाली विद्यार्थी, श्रमिक एवं नेपाली नागरिकलाई यही चुनावबाट मताधिकार सुनिश्चित गर्नुपर्ने, निजी विद्यालयको शुल्क घटाउनुपर्ने लगायतका माग राखेको छ ।

भोलि हुने भनिएको शैक्षिक हड्ताल उपत्यकाव्यापी हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?